+
+

गुल्मीमा दुई बालकको मृत्यु, हत्याको आशंकामा सौतेनी आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ६ गते १८:४२

६ माघ, गुल्मी । गुल्मीको हाडहाडे गाविसमा एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हाडहाडे गाविस–९ स्थित नरेन्द्र पुनका ५ वर्षीय र ७ वर्षीय छोरा मनिष पुन र अनिश पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार बिहान ९ बजे स्थानीय छिमेकीले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएपछि इलाका प्रहरी कार्यालय पुर्कोटले मृतक बालककी सौतेनी आमा २१ वर्षीया शान्ता पुनलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

“सुरुमा विद्युत्को करेन्ट सर्ट भई बालकको मृत्यु भएको भन्ने जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको हो, त्यहाँ पुगेपछि घटनाको प्रकृतिको आधारमा सौतेनी आमालाई नियन्त्रणमा लिएका छौँ, प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले भने ।

मृतक बालककी आमा अर्कैसँग दोस्रो विवाह गरी गएपछि नरेन्द्रले शान्तालाई कान्छी श्रीमतीका रुपमा भित्र्याएका थिए ।

मृतकका बाबु नरेन्द्र पुन भने हाल रोजगारको सिलसिलामा विदेशमा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?