Comments Add Comment

नेपाल लिटरेचर फेस्टिभल पोखरामा हुने

Nepal-Literature-Festival

काठमाडौं । नेपाल लिटरेचर फेस्टिभलको पाँचौं संस्करण पर्यटकीय नगरी पोखरामा माघ १५ गतेबाट सुरु हुने भएको छ । नेपाल टुरिजम बोर्डको, पार्दी, पोखरामा हुने महोत्सव माघ १८ सम्म चल्नेछ ।

महोत्सव निर्देशन अजित बरालले पर्यटकीय नगरीलाई सांस्कृतिक रुपले पनि सुन्दर बनाउन नेपाल नेपाल लिटरेचर फेस्टिभललाई पोखरामा लगेको बताए ।

सन् २०११ बाट सुरु भएको यस साहित्यिक महोत्सव काठमाडौंमा हुँदै आएको थियो । प्रत्येक वर्ष हुने यो महोत्सवले साहित्यका विविध आयामका साथै राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल हुने गरेको थियो । यस वर्ष पनि यस महोत्सव साहित्यिक तथा महत्वपुर्ण तात्कालिन मुद्धाहरु जस्तै मधेश, पहिचान र संविधान सम्बन्धी मुद्धाहरुमा बहस हुनेछ ।

पोखरालाई सांस्कृतिक सहर बनाउनु पर्छ भनेर भइरहेका प्रयासलाई उर्जा दिन, भुकम्प र मधेस आन्दोलनले थला परेको नेपाली पर्यटन उद्योगलाई साहित्यिक पर्यटनमार्फत अलिकति भए पनि उकास्न महोत्सवले सहयोग गर्ने आशा आफुले राखेको बरालले बताए ।

कवि तीर्थ श्रेष्ठले भने, पोखराको साहित्यिक गतिविधिलाई प्रयाप्त मात्रामा यो महोत्सवले प्रोत्साहित गर्ने विश्व्ाास लिएको छु ।

कार्यक्रममा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनितिज्ञहरुले ३० वटा जति विषयमा छलफल गर्नेछन् । चालिस वर्षभन्दा बढी नेपालमा बसेका लेखक तथा बेलायती आर्मीका पुर्व कर्नेल जेपी क्रसले उद्घाटन गर्ने छन् भने भुगोलविद् डा पिताम्बर शर्माले प्रमुख मन्तव्य दिनेछन् ।

उद्घाटनसत्र लगत्तै नयाँ शक्तिमाथि डा बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्माबीच नयाँ शक्तिमाथि बहस हुनेछ भने भारतीय लेखिका इरा त्रिवेदी तथा उदय प्रकाशसँग साहित्यकाबारे संवाद हुनेछ ।

राजेश हमाल र दयाहाङ राई, रेखा थापा, गौरी मल्ल, रवीन्द्र मीश्र, स्वणिर्म वाग्ले, रवीन्द्र अधिकार, लीलामणी पौडेल, शारदा शर्मा, सरुभक्त, तीर्थ श्रेष्ठ, कर्ण दास, विवेक श्रेष्ठ, रवी थापा, प्रणय राना, नारायण वाग्ले, बुद्धिसागर, सुविन भट्टराई, नयनराज पाण्डे, सरस्वती प्रतिक्षा, अनुप बराल, प्रशान्त झा, आहुती, मनु मञ्जिल, श्रवण मकारुङ लगायतका व्यक्तिहरुले विभिन्न साहित्य, कला, संगीतका विषयमा छलफल गर्ने छन् ।

नेपाली हिरो, नेपाल कसरी बनाउने, संविधा र पहिचान, नेतृत्वमा संकट, मिडियामा मधेश, दोस्रो पुस्तकको सकस, इन्डिया इन लभ, सिमान्त स्वरहरु लगायतका विषयमा छलफल हुनेछन् ।

महोत्सवमा कविता तथा मुक्तक वाचन पनि हुनेछन् । साथसाथै, गत नोभेम्बरमा भएको नेपालको पहिलो अन्तर्राष्ट्रिय फोटो महोत्सव, फोटो काठमाडौं, मा प्रदर्शनीमा राखिएका १८ वटा पनि पर््रशनीहरुमध्ये पाँच प्रर्दशनी महोत्सवमा देखाइने छ ।

र, नेपालका केही नयाँ र पुराना कलाकारहरुसँग कलाकार रविन्द्र श्रेष्ठले सयुक्त रुपमा गरेका कामहरुको प्रदर्शन महोत्सवमा हुनेछ । एकएक घण्टाका लगभग तीस विषयमा छलफल हुने यो महोत्सवमा पुस्तक प्रर्दशनी, पुस्तक विमोचन र हस्ताक्षर कार्यक्रमका कार्यक्रमहरु पनि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment