Comments Add Comment

रंगेली घटनाका मृतकको शव यात्रामा हजारौं सहभागी

Rangeli-sabyatra-5

ध्रुव भट्टराई

११ माघ, विराटनगर । रंगेली घटनाका तीनजना मृतकको शव यात्रामा हजारौँ सहभागी भएका छन् । शव यात्रामा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका नेताहरु सहभागी छन् ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट निस्केको शव यात्रा अहिले विराटनगर बजार क्षेत्र परिक्रमा गर्दैछ । शव यात्रामा विराटनगर र गाउँ-गाउँबाट आएका सर्वसधारणले सहभागिता जनाएका हुन् ।

शवयात्रा शान्तिपूर्ण नै रहेको बताइएको छ । शव यात्रालाई दृष्टिगत गर्दै विराटनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Rangeli-sabyatra-1

Rangeli-sabyatra-2

Rangeli-sabyatra-3

Rangeli-sabyatra-4

Rangeli-sabyatra-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment