Comments Add Comment

‘प्रधानमन्त्री केपी ओली’को फेसबुक आइडी नक्कली !

Kp-oli-Face-id

१२ माघ, काठमाडौं । मंगलबार दिउँसो २ बजेतिर ‘पीएम केपी ओली’ ले फेसबुकमा स्टाटस लेखे, एक दुई दिनभित्र नाकाबन्दी हट्छ, नभए भारत भ्रमणमा जान्न ।

त्यसको केहीबेर अघि प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सम्पादक तथा वरिष्ठ पत्रकारहरुलाई बोलाएर यहि भनेका थिए । समाचारहरु पनि आए । फेसबुकमा ‘पीएम केपी ओली’ नामको आइडीमा त्यही स्टाटस देखेपछि धेेरैलाई लाग्यो यो प्रधानमन्त्रीकै अकाउन्ट हो ।

यसमाथि त्यो पेजमा एमाले नेता शंकर पोखरेल नै समेत साथी भएपछि विश्वास गर्न कर नै लाग्यो । तर, वास्तवमा यो प्रधानमन्त्री केपी ओलीको नभइ फेक फेसबुक अकाउन्ट मात्र रहेछ ।

केपी ओली वा पीएम केपी ओली नाममा सर्च गर्ने हो भने फेसबुकमा एक दजर्न यस्तै अकाउन्टहरु भेटिन्छटन् । तर, यो सबै नक्कली अकाउन्ट भएको पाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले मंगलबार नै प्रेस नोट जारी गरेर प्रधानमन्त्रीको कुनै पनि व्यक्तिगत र आधिकारिक फेसबुक खाता सञ्चालनमा छैन । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको नाममा फेसबुकमा पोस्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नहुन आग्रह गर्दछु ।’

उनका अनुसार हाल प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्ट @pm_nepal  मात्र सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment