+
+

पशुपति भन्दैछन् – ‘क्या उत्तानो पार्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १५ गते १०:२५

pashupati-sharma
काठमाडौं । ०७२ सालमा आम नेपालीले भोगको समस्यालाई समेटेर पशुपति शर्माले नयाँ गीत ल्याएका छन् । ‘क्या उत्तानो पार्‍यो’ ।

बैशाखमा आएको विनाशकारी भूइंचालोले शहरदेखि गाउँसम्म बस्नेलाई समस्यामा पारेको प्रसंगलाई समेटेर उनले गाएका छन् ।

शहर बस्छु भन्नेलाई नी गाउँ घर तीर झार्‍यो
ग्यासमा भात पकाउनीलाई दाउरा तीर झार्‍यो
यो ०७२ सालले त क्या उत्तानो पार्‍यो …

यसमा उनलाई स्वरमा साथ दिएकी छिन् जानकी तारमी मगरले । भिडियोमा अभिनय पनि पशुपति र जानकीकै रहेको छ । मुलुकमा भईरहेको समस्यालाई दुरुस्तै गीतमा प्रस्तुत गर्न सिपालु गायक मानिन्छन् पशुपति शर्मा ।

यसपालीको गीतमा भूकम्पको विनाशदेखि नाकाबन्दीको असर समेतको चर्चा गरेका छन् उनले । ‘०७२ सालले धेरै नेपालीलाई विचल्ली बनायो त्यहि कुरा समेटेर मैले गीत गाएँ ।’ अनलाइनखबरसंग कुरा गर्दै पशुपतिले भने ।

आफ्नै शब्द, लय र संगीतमा गीत गाउँदै आएका पशुपतिले यो गीत हिंड्दा हिंड्दै लेखेको बताए । ‘विभिन्न कार्यक्रमको सिलसिलामा मुलुक घुम्दा देखेको भोगेको समस्या समेटेर गीत लेखें ।’ उनले भने ।

गीतमा मनोरञ्जनको साथै केही सन्देश पनि हुनुपर्छ भन्ने मान्यता राख्ने पशुपतिले यसमा मोडलिङ पनि आफैंले गरेका छन् । आफ्नो गीतमा आफैंले मोडलिङ गर्दा गीतले जीबन्तता पाउछ भन्ने लाग्छ उनलाई ।

त्यसो त मौलिक लोकगीतका पक्षपाती गायक मानिन्छन् पशुपति । उनले गाएको दर्जनौ गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?