Comments Add Comment

नग्मा बनिन् ‘वर्ल्ड मिस यूनिभर्सिटी’को थर्ड रनरअप

nagma-shrestha
नेपालकी सुन्दरी नग्मा श्रेष्ठलाई बुधबार चिनमा आयोजना भएको ‘वर्ल्ड मिस यूनिभर्सिटी’ प्रतियोगितामा खुशी मिलेको छ  उनले यो प्रतियोगिताको तेश्रो रनरअपको उपाधी जितेकी छिन् । उनले मिस फिटनेशनको उपाधी पनि जितेको जानकारी गराएकी छिन् ।

यो प्रतियोगिताको २७ औं संकरणमा भाग लिएकी ‘मिस नेपाल २०१२’ की फस्ट रनर अप नग्माले आफ्नो इन्स्ट्राग्राममा लेखेकी छिन्-‘वर्ल्ड मिस यूनिभर्सिटीको २७ अाैं संकरणमा तेश्रो रनरअप र मिस फिटनेशनको उपाधी  प्राप्त गरेकी छु ।’

यो प्रतियोगितामा ७० देशका सुन्दरीहरुको सहभागीता थियो । यो प्रतियोगिताको आयोजना ‘मिस यूनिभर्सिटी पिस क्रप्स् रिप्रिजेन्टेटिभ्स’ले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment