Comments Add Comment

सुन सातामा ११ सय रुपैयाँले महंगियो

Gold Silver market Newroad Kathmandu (1)
१५ माघ, काठमाडौं । यो साता सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महंगो भएको छ । साताको अन्तिम दिन आज सुन तोलाको ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

लगातार बढेको सुनको मूल्य शुक्रबार भने समान्य घटेको हो । यसअघि बिहीबार सुन तोलामा २ सय रुपैयाँले महंगिएर ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ५१ हजार ५० रुपैयाँ कायम भएको छ । यो साता सुनको मूल्य महंगिएर ५१ हजार रुपैयाँ भन्दा माथि पुगेको हो ।

गत आइबतार सुनको मूल्य ५० हजार २ सय रुपैयाँ थियो । त्यसयता सुनको सुनको मूल्य लगातार माथि उक्लिएको थियो ।

अमेरिकी मुद्रा बलियो भएका कारण अन्तर्राष्ट्रिय बजारमा पनि सुन महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment