+
+

प्रधानमन्त्रीले भने- अब नेपाललाई सूचना प्रविधिको युगमा लैजानुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १५ गते १९:००

Can Info Tech

१५ माघ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा शुक्रबार देखि सूचना प्रविधिको कुम्भ मेला क्यान इनफोटेक सुरु भएको छ । क्यान इन्फोटकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना मेला आयोजना गरेको हो । मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक विज्ञान प्रविधिलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेको दाबी गरे ।

विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको ओलीको भनाई थियो । ‘हामी इ-गभर्नेन्समा जानुपर्छ, अझैपनि रुखमा बसेर काग कराएको बेला शुभ बोल शुभ बोलको मानसिकता छ’ उनले भने- ‘अब नेपाललाई सुचना प्रविधिको युगमा लानुपर्छ त्यसका लागि सरकारले के गर्नुपर्छ, महासंघले सुझाव दिनुपर्छ ।’

क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले सूचना तथा संचार प्रविधि ग्रामीण भेक सम्म नपुर्‍याएर ई-नेपालको परिकल्पना साकार नहुने धारणा राखे । प्रविधिको प्रयोग विना कुनै काम गर्न सम्भव नहुने भएकाले सूचना तथा संचार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने उनको भनाई थियो ।

‘यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी ई-नेपाल बनाउन सक्छौं’ अध्यक्ष ढकालले भने- ‘सूचना तथा संचार प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न जरुरी रहेको छ ।’

कार्यक्रममा जनसंख्या तथा वातारण मन्त्री विश्वेन्द्र पासवान, सुचना तथा सञ्चार मन्त्री शेरधन राई, विज्ञान प्रविधि मन्त्री शिवलाल थापा, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, सूचना तथा सञ्चार विभागका महानिर्देशक विरेन्द्र कुमार मिश्र, शिर्ष प्रायोजक सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुली, क्यान महासंघका संस्थापक अध्यक्ष विमल कुमार शर्मा लगायतको सहभागिता रहेको थियो ।

करिव ४ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुको आकर्षक अफर रहेको छ ।

त्यस्तै, बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियत र स्किमका साथ उपलब्ध छन् । मेलामा नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरहरुमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनका साथै नयाँ कम्पनी तथा उत्पादनहरु समेत भित्राएका छन ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्टि्रव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्यूटस्ट, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । इन्फोटेकमा जम्मा १८८ स्टलहरु रहेका छन् भने ११२ वटा कम्पनी सहभागि छन ।

इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क सय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । म्ााघ १७ गते आइतबारलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सय रुपैयाँ नै तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?