Comments Add Comment

बीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन

१६ माघ, वीरगन्ज । धर्नामा बसेका कबरियालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाह पुनःसञ्चालन भएको छ । हिन्दू कबरिया सङ्घको आह्वानमा कबरियाले सुक्खा बन्दरगाह जोडिने मार्गमा बिहीबारदेखि धर्नामा बसेपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात ठप्प भएको थियो ।

तर शुक्रबार दिउसो स्थानीय प्रशासनको निर्देशनमा सुरक्षाकर्मीले धर्नामा बसेका कबरियालाई बल प्रयोग गरेर हटाएपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात सञ्चालन भएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।

तेस्रो मुलुकबाट आयातित सामान सडकमार्गबाट ल्याउन अवरोध सिर्जना हुन थालेपछि व्यवसायीले सुक्खा बन्दरगाहलाई बढी प्रयोग गर्न लागेका छन् । आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि विगत केही दिनयतादेखि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अत्यधिक चाप बढेको छ ।

वीरगन्जस्थित सुक्खा बन्दरगाह भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र बन्दरगाह हो । बन्दका समयमा पनि स्थानीय प्रशासनले सुक्खा बन्दरगाहबाट उच्च सुरक्षाका साथ सामान निकासी गर्ने व्यवस्था मिलाएका कारण पछिल्लो समयमा यहाँ आयातित सामान बोकेर आउने कन्टेनरमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment