Comments Add Comment

उपभोक्ताको आकर्षण साना सिलिन्डरतर्फ

Small-Cylinder

१८ माघ, वीरगन्ज । स्थानीय बजारमा खाना पकाउने एलपी ग्यासका साना सिलिन्डरतर्फ उपभोक्ताको आकर्षण बढ्न थालेको छ । बन्द, हडताल र नाकाबन्दीका कारण बजारमा सहज रुपमा ग्यास सिलिन्डर पाउन छाडेपछि साना सिलिन्डरतर्फ उपभोक्ताको आकर्षण बढेको हो ।

सीमावर्ती भारतीय क्षेत्रबाट साना सिलिन्डरमा ग्यास भरेर ल्याउन सजिलो भएकाले उपभोक्ता यसतर्फ आकर्षित हुन थालेका छन् । साना सिलिन्डर मापदण्ड विपरीत भारतबाट अवैधरूपमा आयात हुने गरेका छन् ।

अवैधरूपमा आयात हुने साना सिलिन्डरका कारण उपभोक्ता ठगिने गरेका छन् । यस्ता सिलिन्डर मध्य तराईका बारा, पर्सा र रौतहटमा खुलेयाम बिक्री भइरहेका छन् । स्थानीय प्रशासनले अनुगमनमा सक्रियता नदेखाएपछि सिलिन्डर ल्याउन व्यापारीको मनोबल उच्च भएको हो ।

यहाँका अधिकांश पसलमा भारतीय साना ग्यास सिलिन्डर बिक्री हुँदै आएको छ । “सानो परिवार र विद्यार्थीले साना ग्यास सिलिन्डरको माग गर्ने गरेका छन्” एक व्यापारीले भने ।

राजस्व छलेर भित्र्याइएका र मापदण्ड विपरीतका साना सिलिन्डरको कारोबार गर्न सरकारले अनुमति दिएको छैन । बिक्रीमा रोक लगाइएको भनिए पनि कारोबार रोकिएको छैन । “स्थानीय उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर भारतीय सिलिन्डर बिक्री गरेका हौं” वीरगन्जका अर्का एक व्यवसायीले भने ।

व्यवसायीले उपभोक्ताले देख्ने गरी पसल बाहिर नै साना सिलिन्डर राखेर बिक्री गर्ने गरेका छन् । साना सिलिन्डरको व्यापक चोरी तस्करी र बिक्री भए पनि सम्बन्धित निकायले बजार अनुगमन हालसम्म हुन नसकेको स्थानीय उपभोक्ता रविरञ्जन मिश्र बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment