Comments Add Comment

म काठमाण्डौ, पोखराकी मात्र होइन, मेरो अनुहारमा सिंगो नेपाल झल्कन्छः रेखा थापा

rekha-thapa
‘काठमाण्डौ, पोखरा, चितवन, हेटौडा मात्र नेपाल होइन, मेरो अनुहारमा सिंगो नेपाल भल्कन्छ’, नायिका रेखा थापाले पोखरामा आयोजना भएको साहित्य महोत्सवमा भनिन् ।

आफूलाई हिमाल, पहाड, तराईका हरेक नेपालीले माया गर्नुको कारण पनि यही रहेको रेखाको भनाई थियो । उनै रेखाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्-‘सबैभन्दा पहिले म कहाँ छु र मेरो पेसा के हो भन्ने वुझ्न जरुरी छ ।’ उनले कलाकारको माग रत्नपार्क, बागबजार, अनामनगर वा देशका कुना कुनामा भएको बताइन् ।

रेखाले भनिन्-‘हामीले मनोरञ्जन गर्नका लागि चलचित्र भवन मात्र भएका  दर्शकका लागि पनि चलचित्र बनाउन जरुरी छ । जब म कुनै रिक्सा रोकिने ठाउँमा पुगिन्छ, त्यहाँ पुग्दा पनि उनीहरुलाई हाम्री हिरोइन भन्ने महशुश हुन जरुरी छ ।’

रेखाले नेपालमा बसेर हलिउडका नायिकाको नक्कल गर्ने पहिरन लगाउनुको अर्थ नहुने बताइन् । उनले भनिन्-‘कुनै पनि कलाकारले सिंगो देशको प्रतिनिधित्व गर्नुपर्छ । म अस्कर अवार्डमा पुगे भनेपनि नेपालकी नायिका हुँ भनेर चिनिन जरुरी छ ।’ हलिउड नायिकाले लगाउने पहिरन लगाएर आफू नेपाली नायिका नहुने रेखाको दाबी थियो ।

साहित्य महोत्सवमा नायिका थापाले आफू प्रचण्डसँग नाच्नु अघि नै पपुलर रहेको बताइन् । रेखाले भनिन्-‘सो समयमा सबै कलाकारलाई निमन्त्रणा गरिएको थियो, तर अरु जान डराए । म कलाकार भएको नाताले सो कार्यक्रममा पुगेकी थिएँ ।’ रेखाले आफूलाई पपुलर भएका नाताले सो कार्यक्रममा निमन्त्रणा गरिएको बताइन् ।

आफूलाई देशका हरेक कुनामा पुग्दा पनि त्यहाँका जनताले ‘हाम्री नायिका’ भनेर हेर्ने गरेको रेखाले बताइन् । यसैले आफ्ना चलचित्रमा दर्शक रुवाउने भन्दा पनि उर्जा दिने बिषय समावेश गरिएको रेखाको कथन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment