Comments Add Comment

रणबीर-कट्रिनाको ब्रेकअपले ‘जग्गा जासुस्’को सुटिङमा समस्या

katrina ranabir

मुम्बई । निर्देशक अनुराग बसुले चलचित्र ‘जग्गा जासुस्’ को ‘रफकट’ रणबीर कपुर र कट्रिना कैफलाई देखाएका छन् । निर्देशक बसुले रणबीर कट्रिनालाई छुट्टा छुट्टै समयमा फिल्म देखाएका थिए । ब्रेकअपपछि रणबीर र कट्रिना एकसाथ कार्यक्रममा सहभागी हुन गार्हो मान्न थालेका छन् ।

उनीहरुलाई अप्ठयारो नपरोस् भनेर पनि निर्देशक बसुले छुट्टा छुट्टै फिल्म देखाएका थिए । फिल्मको अन्तिम चरणको सुटिङ २२ दिनको छ भने फेब्रुअरिदेखि सुटिङ सुरु भएको छ । त्यसअघि खिचिएका ‘रफकट’ नायक नायिकाले हेरका थिए ।

अहिलेसम्मको दृष्य हेरेर रणबीर कटि्रना खुसी भएका छन् । ब्रेकअपको कारण सुटिङमा समस्या नपर्ने आश्वासन पनि निर्देशकले कसरी काम गराउने भन्नेबारे अन्यौलमा छन् ।

निर्देशक बसुले फिल्मको प्रचार शैलिवारे पनि योजना बनाइसकेका छन् । तर, प्रचार कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्नेमा केही जानकारी दिएका छैनन् ।

रणबीर कट्रिना ब्रेकअपको प्रसंगले अहिले भारतीय मिडियामा ठूलै स्थान पाएको छ । तर, आजका मितिसम्म उनीहरुले ब्रेकअपको विषयमा औपचारिक स्टेटमेन्ट दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment