Comments Add Comment

चाँदीका गरगहनासहित एक पक्राउ

२१ माघ, लहान । चाँदीका तयारी गरगहनासहित सिरहा प्रहरीले एकजनालाई  पक्राउ गरेको छ ।

chadi ka gahanaजिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी गस्ती टोलीले चाँदीका तयारी गरगहनासहित सिरहा नगरपालिका – निवासी ३० वर्षीय रोशनप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा खटिएको टोलीले सिरहा नगरपालिका–१२ स्थित सारस्वर गुलरिया कच्ची सडक बाटोमा भारतबाट नेपालतर्फ स६प ४१२८ नंको मोटरसाइकलमा आइरहेका गुप्तालाई रोकेर जाँच गर्दा उनकाे साथबाट चाँदीका गरगहना फेला परेको हो ।

मोटरसाइकलको डिक्कीमा लुकाइछिपाई राखेको अवस्थामा आठ केजी १०० ग्राम बराबर तौलका चाँदीका विभिन्न किसिमका तयारी गरगहना बरामद गरेको जनाएको छ । पक्राउ परेका गुप्तामाथि अनुसन्धान कार्य भइरहेको जिप्रकाले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment