Comments Add Comment

जियोनीले ‘एम फाइभ लाइट’ फोन भित्र्याउँदै

M5-lite-gieonee
२१ माघ, काठमाडौं । जियोनीले म्याराथन सिरिजको सबैभन्दा नयाँ ‘एम फाइभ लाइट’ फोनको बिक्री नेपालमा पनि सुरु गर्ने भएको छ ।

ठूलो ब्याट्री रहने यो मोडलको मोबाइलमा ५ इन्चको एचडी स्क्रीन छ । फोनमा अगाडि ५ मेगापिक्सेलको र पछाडि ८ मेगापिक्सेलको क्यामरा जडित छ । यसमा १.३ गिगाहर्जको क्वाड-कोर प्रोसेसर पनि छ ।

मोबाइलमा हुने ४ हजार एमएएच ब्याट्री साधारण फोनभन्दा दुई गुणा बढी क्षमताको रहेको कम्पनीले जनाएको छ । यसमा ३ जीबी र्‍याम र ३२ जीबी रोम छ । नेपालमा यसको मूल्य  १९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

फोनमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१ छ भने एन्ड्रोइड ५.१ मा आधारित छ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओटीजी प्रविधिमार्फत दुई अन्य फोन चार्ज गर्न सक्छ । यो मोबाइल ‘श्याम्पेन गोल्डेन’ रंगमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment