+
+

बेलायतको ठगी काण्डमा गोर्खा सैनिकको झण्डै ३८ करोड डुबेको अाशंका

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २१ गते १६:२१

gurkha-army

२१ माघ, काठमाडौं । ब्रिटिस गोर्खाहरुको करोडौं रकम एक शंकास्पद योजनामा फसेको हुन सक्ने लण्डन प्रहरीको आशंका छ । यो स्मिक उच्च ब्याजको लोभ देखाएर ठगी गर्ने मनसायले सञ्चालन गरिएको हुन सक्ने अनुमान छ ।

लण्डन प्रहरीका अनुसार अवकास प्राप्त करिव ४५० गोर्खा सैनिक र हाल कार्यरतहरुले नै यसमा लगानी गरेको हुन सक्ने प्रहरीको बिश्वास छ । प्रहरीले यसबारे सत्यतथ्य जानकारीसहित उजुरी दिएर सहयोग गर्न ठगिएका गोर्खाहरूलार्इ आग्रह गरेको छ ।

भूवपूर्व वा हालका गोर्खा सैनिकले आफ्नो जीवनभर कमाएको पैसा नै यसमा लगानी गरेको हुन सक्ने प्रहरीले बताएको छ । झन्डै २४ लाख पाउण्ड अर्थात् करिव ३८ करोड नेपाली रूपैयाँ गोर्खा समुदायको फसेको हुनसक्ने प्रहरीले बिश्वास गरेको छ । लण्डन पुलिस डिटेक्टिभ चिफ डेभिड म्यान्लीले भने-‘उनीहरु ठूला लगानीकर्ता त होइनन् । तर, २०० भन्दा बढी गोर्खा सैनिकले यो स्किममा लगानी गरेको हुनसक्छ ।’

प्रतिमहिना ५ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर क्यापिटल वल्र्ड मार्केटले ५ करोड पाउण्डको स्किम चलाएको र अहिले एक पैसा पनि नदिएर ठगी गरेको आशंका छ ।

यो स्किम अन्तर्गत विभिन्न लगानीकर्ताबाट उठाइएको रकमको मुनाफा गैरकानूनी तरिकाले लगानीहरुलाई बाँडिन्छ । यो कम्पनीमाथि अक्टोबर २०१५ बाटै अनुसन्धान चलिरहेको छ र हालै १४ जनालाई पक्राउ गरेको छ ।

एक गोर्खाले आफ्नो रेजिमेन्टबाट मात्र मेजर र वारेन्ट अफिसरसहित करिब डेढसय जनाको लगानी डुबेको दावी गरे । उनले भने अनुसार, गत महिना अवकास लिएका एक गोर्खाको ४५ हजार पाउण्ड डुबेको छ ।

लण्डन प्रहरीका अनुसार अहिलेसम्म पाँच जना नेपाली पीडितको पहिचान भएको छ ।

अरु नेपालीहरु पनि ठगिएको हुन सक्ने भन्दै प्रहरीले उजुरी दिन आग्रह गरेको छ । नेपाली समुदाय एकअर्कासँग नजिक रहेको र धेरेले यो स्किममा लगानी गरेको हुन सक्ने लण्डन प्रहरीको अनुमान रहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

सेकेन्ड गोर्खा राइफल्स् (टुजिआर) मा कार्यरत एक गोर्खाले आफ्नो रेजिमेन्टबाट मात्र मेजर र वारेन्ट अफिसरसहित करिब डेढसय जनाको लगानी डुबेको दावी गरे । नाम उल्लेख नगर्ने शर्तमा उनले भने अनुसार, गत महिना अवकास लिएका एक गोर्खाको ४५ हजार पाउण्ड डुबेको छ ।

नेपालमा विनाशकारी भूकम्पले तहसनहस भइरहंदा गोर्खाहरु यो स्किम प्रलोभनमा फस्दै थिए । टुजिआरमा कार्यरत एक गोर्खा भन्छन्, ‘सिडब्लुएम कम्पनीले आफ्नो मुख्यालय लन्डनमा भोज ख्वाएर लिमोजिन गाडीमा शहर घुमाउंदा धेरै गोर्खा विश्वासमा परे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?