Comments Add Comment

नेपालद्वारा बंगलादेशसामु २१२ रनको लक्ष्य प्रस्तुत

U-19-Cricket-Team--1

२२ माघ, काठमाडौं । जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले घरेलु टोली बंगलादेशसामु२१२ रनको विजय लक्ष्य पेश गरेको छ ।

यसअघि शेर ए बंगला क्रिकेट मैदान मिरपुरमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रनको योगफल बनायो ।

नेपालका लागि कप्तान राजु रिजालले सर्बाधिक ७२ रन जोडेका थिए । ८० बल खेलेर रिजालले ८ चौका र १ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनर सुनिल धमलाले २५ रन बनाए ।

६५ रनमा चार विकेट गुमाएको नेपालको पारी सुनिल र कप्तान रिजालले संहालेका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानित योगफलतर्फ उन्मुख भएको थियो ।

नेपालका लागि उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन बनाए । नोवौं नम्बरमा व्याटिङ गर्न आएका प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै अविजित २२ रनको योगदान दिए ।

नेपालका चार व्याट्सम्यान रनआउटको शिकार भएका थिए । ओपनर सुनिल धमला, कप्तान राजु रिजाल, कुशल भुर्तेल र सुशील कँडेल रनआउट भएका थिए ।

३४ औं ओभरको अन्तिम बलमा कप्तान राजु रिजाल पाँचौं विकेटको रुपमा पेविलियन फर्केपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसयता नेपालले १६ ओभरमा ६७ रनमात्र जोडेको थियो ।

बंगलादेशबिरुद्धको खेलमा ओपनर सन्दिप सुनार र योगेन्द्रसिंह कार्कीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुनारले ७ र कार्कीले १ रनमात्र बनाएका थिए ।

बलिङतर्फ बंगलादेशका लागि मोहम्मद साइफुद्धिनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment