Comments Add Comment

पासाङले जितिन् नेसनल जोग्राफीको अवार्ड

Pasang-Lwamu

२२ माघ, काठमाडौं । नेपाली पर्वतारोही पासाङ ल्हामु शेर्पा नेसनल जोग्राफीको एडभेन्चर अफ द इयर घोषित भएकी छिन् ।

जनताको भोटबाट उनी १० प्रतिस्पर्धिका बीचबाट विजेता छनोट भएकी हुन् । सोलुखुम्बुकी पासाङ सगरमाथा आरोही हुनुका साथै नेपालको अग्रणी महिला पर्वातारोहण प्रशिक्षक पनि हुन् ।

नेसनल जोग्राफीको अनलाइन संस्करणमा यस वर्षको पब्लिक च्वाइस अवार्डकी विजेताले साहसिक पर्यटनका पुराना सबै मान्यताहरु भत्काइदिएको उल्लेख छ ।

३१ वर्षीया शेपा सगरमाथाको काख लुक्लामा हुर्किएकी हुन् । १५ वर्षको उमेरमा उनले आफ्ना आमाबाबु दुवैलाई गुमाएकी थिइन् । ६ वषिर्या बहिनीलाई उनी आफैंले हुर्काइन् ।

पर्वतारोहण व्यवसायमा लागेर नाम र दाम दुवै कमाउन सफल भएकी पासाङ गत वैशाखमा आएको भुकम्पपछि पिडितहरुको सेावामा जुट्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment