+
+

डा. बस्न्यातद्वारा इण्डोनेसियाका राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पेश

क्वालालम्पुर । मलेसियाकालािग नेपाली राजदूत डा. निरन्जनमानसिं बस्न्यातले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । इण्डोनेसियाको जकार्तामा रहेको प्रेसिडन्टियल प्यालेसमा आयोजित एक कार्यक्रममा डा. बस्न्यातले आहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २२ गते १८:२०

Niranjan Sing Basnyat

रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियाकालािग नेपाली राजदूत डा. निरन्जनमानसिं बस्न्यातले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । इण्डोनेसियाको जकार्तामा रहेको प्रेसिडन्टियल प्यालेसमा आयोजित एक कार्यक्रममा डा. बस्न्यातले आहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

मलेसियालागि नेपाली राजदूत डा. बस्न्यात इण्डोनेसिया देशको समेत गैरआवासीय राजदूत हुन् ।

प्रमाणपत्र पेश गर्ने क्रममा डा. बस्न्यातले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको इण्डोनेसियन राष्ट्रपतिको सुस्वास्थ्य एवं इण्डोनेसियाली जनताको प्रगतिको शुभकामना सन्देश सुनाएका थिए ।

प्रत्युउत्तरमा इण्डोनेसियाका राष्ट्रपतिले पनि नेपालका राष्ट्रपति भण्डारीको सुस्वास्थ्य तथा नेपाल सरकार र नेपाली जनताको शान्ति, उन्नती र प्रगतिको शुभकामना व्यक्त गरेको नेपाली दूतावास मलेसियाले विज्ञप्ती प्रकाशित गर्दै जानकारी दिएको छ ।

समारोहमा इण्डोनेसियाका परराष्ट्र मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

(तस्बिर सौजन्य: नेपाली दूतावास क्वालालम्पुर मलेसिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?