Comments Add Comment

सञ्जाल बढाउँदै झापाली समाज  यूएई

jhapaili in uae

रामप्रसाद ढुंगेल/राजेश कुइँकेल

यूएई । रोजगारीको सिलसिलामा यूएईका विभिन्न इमिरेट्समा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले आफ्नो क्षेत्रीय समितिको विस्तारकार्य तीव्र बनाएको छ । गत ५ फेब्रुवरीमा यूएईका दुबई, अलएन, दुबई र अजमान गरी चार वटा इमिरेटसमा समाजको नाममा क्षेत्रीय भेला तथा परिचयात्मक कार्यक्रमहरु एकै दिन सम्पन्न भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुरुप दुबई र अलऐनमा क्षेत्रीय कमिटी निर्माण गरिएका छन् भने अजमान क्षेत्रीय समिति बिस्तारका लागि मित्रलाल पोखरेलको अगुवाईमा झापाली परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय कमिटी बिस्तारको गृहकार्य स्वरुप अबुधाबीमा केन्द्रीय सदस्य हरि कट्वाल र अन्य झापाली अगुवाहरुको सक्रियतामा कर्नेस एरियामा एक छलफल कार्यक्रम पनि सम्पन्न भएको छ ।

सारजा, रासअलखेमामा क्षेत्रीय समिति गठन गरिसकेको समाजले ५ फेब्रुवरीमा दुबई र अल ऐन क्षेत्रीय समितिहरु गठन गरेको छ ।

शुक्रबार अल ऐन र दुबईमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी समितिहरु चयन भएका हुन् । शुक्रबार अल ऐनको जाबेल हफिज ग्रीन पार्कमा भएको भेलाले पुस्कर पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा डिकु थापा मगर र जितेन काफ्ले, सचिवमा राजेश कुइँकेल र कोषाध्यक्षमा नारायण भट्टराई चयन भएको छन् । त्यस्तै सदस्यहरुमा जानुका भट्टराई, राजेश तामाङ, मनीकुमार याक्खा, अनु परियार, सुवास श्रेष्ठ र धर्म कुमार चयन भएका छन् ।jhapali in uae with T short

त्यस्तै अलऐन क्षेत्रको सल्लाहकार संयोजकमा किशोर केसी चयन भएका छन् । समाजका केन्दि्रय सल्लाहकार संयोजक हेमन्त पौडेल, सल्लाहकार सदस्य बलराम कुइँकेल, सचिव टेकनाथ अधिकारी र उपाध्यक्ष मोहन शिवाकोटीको समुपस्थितिमा सम्पन्न भेलामा सल्लाहकार संयोजक हेमन्त पौडेलले सस्थाको उद्देश्य र कार्यहरुका बारेमा उपस्थितिलाई प्रकाश पारेका थिए ।

यूएईका रहेका करिब ४० हजार झापालीबीच एकता, सहयोग र सहकार्य गर्ने उदेश्यले गत नोभेम्बरमा स्थापना भएको समाजले स्थापनाको छोटो समयमै निकै लोकपि्रयता कमाइसकेको छ ।

त्यस्तै ५ फेब्रुवरीमैै दुबईको बरदुबईमा भएको भेलाले दिपक बस्नेत ‘डीबी झापाली’को अध्यक्षतामा १९ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बद्री ओली र टेक बहादुर अधिकारी, सचिवमा प्रेम अधिकारी, सहसचिवमा पारस लामा, कोषाध्यक्षमा टंक आचार्य र सह कोषाध्यक्षमा मुनादेवी बुढाथोकी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तारा पोख्रेल, दिपेन्द्र आचार्य, प्रेमप्रसाद खरेल, रेनुका सुब्बा, सुशील पराजुली, डम्बर दाहाल, कुन्दन मण्डल, भगीरथ राजवंशी, सुशीला राउत, उर्मिला बस्नेत, सुनील हस्दा र सन्तोष भट्टराई चयन भएका छन् ।

त्यस्तै तारा खनालको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । समितिका अन्य सदस्यहरुमा सुमन भट्टराई र मदन थापा रहेका छन् ।

यसैबीच समाजका अध्यक्ष विकाश उप्रेतीको सभापतित्वमा बसेको नियमित मासिक बैठकले रिक्त सहसचिवको पदमा शान्ता नेम्वाङलाई पदोन्नति गरिएको जनाइएको छ । साथै समाजको गतिवधिमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेका मात्रिका लम्साल र इन्द्र भण्डारीलाई केन्दि्रय सदस्यमा मनोनयन गरेको अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

al ain vela

दुबईको भेलामा समाजका केन्द्रीय अध्यक्ष विकाश उप्रेतीले समाजको नाम र लोगो अंकित टीसर्टको सार्वजनिक गरेका थिए । सोही दिन उक्त टिसर्ट सबै इमिरेटसका झापालीहरु समक्ष पठाइएको टिसर्टको संयोजन गरिरहेका कोषाध्यक्ष दुर्गेस सापकोटाले जानकारी दिएका छन् । ब्लुस्काई रंगको टिसर्ट लगाएका झापालीहरुको उपस्थितिले झापालीहरुको एकताको संकेत गरेको देखिन्थ्यो ।

समाजको आहृवानमा आगामी २६ फेब्रुवरीमा दुबईको जाबिल पार्कमा मनोरन्जनात्मक वनभोज कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक डिल्ली खतिवडाले जानकारी दिँदै उक्त कार्यक्रममा भाग लिन सबै झापाली तथा अन्य नेपालीहरुलाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment