Comments Add Comment

बहसः प्रधानमन्त्री हुने उमेरसम्म विद्यार्थी नेता ?

पुरन केसी
शिक्षाको पुनरसंरचना र विद्यार्थी आन्दोलनको बहसभित्र धेरै मुद्दाहरु छन् । यी धेरै विषय मध्येको एक विषय विद्यार्थी आन्दोलनमा कृयाशील विद्यार्थी नेताहरुको उमेरको कुरा हो । विद्यार्थी नेताहरुले स्कुल कलेज पढ्ने साना उमेरका विद्यार्थीहरुसंगको दिनानु दिनको सरसंगतले आफूलाई पनि भर्खरका सम्भिmरहेका छन् या पार्टीले खटाएकाले बाध्य भएर सहकार्य गरिरहेका हुन् कि ? बुझ्न कठीन छ ।

Puran KC
पुरन केसी

कारण जे सुकै होस् नेपालको विद्यार्थी आन्दोलनमा कृयाशील विद्यार्थी नेताहरुको आधा जीन्दगी विद्यार्थी आन्दोलनमै क्रियाशिल हुदा सकिनु दुःखद कुरा हो । अनुभवको लामो श्रृङखला वोकेका पाका विद्यार्थी नेता र विकसितत विज्ञान तथा प्रविधि माथि पँहुच राख्दै  स्कुल कलेज पढ्दै गरेका विद्यार्थीहरुको वीच धेरै ठूलो अन्तर छ । यो अन्तर बढ्दै जानु भनेको विद्यार्थीको पंहुचमा विद्यार्थी संगठन नहुनु हो ।

यस्तो विडम्वना आउन नदिन विद्यार्थी संगठनहरुले बेलैमा ध्यान पुर्‍याउन आवश्यक छ । विद्यार्थी आन्दोलनमा कृयासिल हुन र विद्यार्थी आन्दोलनप्रति सहयोग सुवेक्षा राख्न उमेरहद तोकिनु पर्छ भन्ने छलफल पटकै होइन ।

जुनसुकै उमेर समूहका मानिसलाई विश्वविद्यालय पढ्न छुट भएपछि ति सवै मानिसहरु विद्यार्थी सगठनको वरीपरि गोलवन्दहुनु उनस्हरुको अधिकार र रुचिको कुरो  हो तर विद्यार्थी आन्दोलन देशलाई आवश्यक पर्ने दक्ष नेताहरु जन्माउने मेसिन भएकोले आधा भन्दा धेरै उमेर विद्यार्थी मोर्चामै विताएर रिटयर हुदा अपेक्षीत योगदान दिन सक्दैनन् भन्ने हो ।

अनुसन्धानकर्ताहरु के भन्छन भने मानिसले आफ्नो जीवनकालमा जति पनि कुरा सिकेको हुन्छ त्यसको पचास प्रतिशत कुरा चार वर्षको उमेरमा सिकेको हुनेछ । बाँकि पचास प्रतिशत कुरा २८/३० वर्षको उमेरमा सिक्नेछ । बाँकी जीन्दगी यहि उमेर सिकेको ज्ञानको व्याजले चलाउने हो । अनुसन्धानकर्ताहरु यो पनि थप्छन की यदि कुनै मानिसले ६०/७० वर्षको उमेरमा नोवल पुरस्कार विजयी हुन्छन भन्ने यो यहि उमेरको परिणम होइन कि २८/३० वर्षको उमेरमा उसदले सिकेको ज्ञानको निरन्तरता हो ।

यो तथ्यलाई स्वीकार गर्ने हो भने नेपालका विद्यार्थी नेताको प्रगति गर्न सक्ने भरभराउदो उमेर समाप्त भएको छ । हाम्रो सामु यस्ता चमत्कारीका तथ्यहरु प्रसस्तै छन जस्ले उमेरकै अाफ्नो क्षमता देखाए । आधुनिक सिंगपुरका निर्मता लि क्वन यू पहिलो पटक मुख्य मन्त्रि हुदा ३५ वर्षका थिए ।

नेपालका पूर्व प्रधानमन्त्रिहरु वि.पि कोइराला सूर्यबहादुर थापा ३५ वर्ष कट्नासाथ प्रभावकारी मन्त्री भइसकेका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ३५ वर्षमा महामन्त्री भैसकेका थिए । यस्ता थाहा पाएका र नपाएका धेरै उदाहरणहरु हाम्रो सामु छन् ।

विद्यार्थी आन्दोलन विद्यार्थी भित्र लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फूटित गर्ने प्लेटर्फम पनि हो आधा उमेर ढल्किदा पनि विद्यार्थी मोर्चामा वसिरहने हुनाले प्रतिभाको प्रस्फूटन होइन पलाएन वनाएको छ ।आधा जीन्दगी सकिदा पनि विद्यार्थी मोर्चामा वस्नु पर्ने यस्ता रहर या बाध्यताले न पार्टिको आवश्यकता पुरा हुन्छ न राष्ट्रले योग्य मान्छे पाउन सक्छ ।

वरु विद्यार्थी आन्दोलनवाट विदा हुदै गर्दा जीन्दगीका सवै अवसरहरुको ढोका वन्दा भएको एउटा निरास नागरिकत तयार हुन्छ । पार्टिको प्रभावकारी नेता वन्न सक्ने सम्भावना पनि कम हुन्छ । रोजगारीमा पनि र्फकन नसक्ने अवस्थामा पुग्दछ र निरास वन्दछ । यदि एउटा विद्यार्थी नेता विद्यार्थी उमेर कालमै विद्यार्थी आन्दोलनको नेता वनेर निस्कन्छ भने चौतर्फ अवसरहरु भेट्ने छ ।

सपना सहितको उर्जावान पार्टिलाई र राष्टलाई योग्य व्यक्ति वन्ने छ । विद्यार्थी उमेर निस्वर्थी उमेर हो । सिक्नु जान्नु अरुभन्दा फरक वन्न मेहनत गर्नु भन्दा धेरै स्वार्थहरु हुदैन ।

जब विद्यार्थीकाल सकिन्छ र उसमा सामाजिक र पारिवारिक दायित्व थपिन थाल्छ । उमेरको वृद्धि संगै थपिएको सामाजीक र पारिवारिक दायित्व पुरा गर्न उ स्वार्थी वन्नु पर्ने वाध्यता हुन्छ, २४ घण्टा विद्यार्थी आन्दोलनमा क्रियाशिल हुनुपर्ने हुदा विद्यार्थी आन्दोलनवाटै अाफ्नो दायित्व पुरा गर्न वाध्य हुनेछ । परिणम स्वरुप विद्यार्थी आन्दोलनका मुद्दाहरु सम्झौतामा टुङगिने खतरा हुन्छ ।

आधा जीन्दगी विद्याथी आन्दोलनमै विताएर रिटायर भएको मानिसलाई उमेर संगै थपिएका दायित्वहरु पुरा गर्न धेरै चुनौति हुनेछन् । शक्तिका आधारमा वनेका सम्वन्धहरु सत्ता संगै हस्तान्तरण हुनेछन् ।

विद्यार्थीकालमा उसले ३ जना पाका नेताले भन्दा धेरै काम गर्न सक्छ । उसको यो समर्पण विद्यार्थीकालमा मात्र हो । जव उसलाई परिवार सन्तान लगाएत अन्य कुराको जिम्मेवारी आक्रमण गर्न थल्दछ उसको समर्पण निरन्तर घट्दै जान्छ घर व्यवहार, स्वास्थ्य, पारिवारिक दायित्व जस्ता हरेक जीवनको गरुङगो भारी आन्दोलनलाई वोकाउन वाध्य हुन्छ । परिणम स्वरुप विद्यार्थी आन्दोलन स्खलन हुन पुग्दछ । उसको दिमागले विद्यार्थी आन्दोलनलाई रचनात्मक वनाउने कुरातिर भन्दा धेरै व्यवहारीक दायित्व र आˆनो भविष्य वनाउने कुरा सोच्न  थाल्दछ ।

एमाले अखिलले माघको अन्तिममा काठमाडौंमा २१ औं राष्टिय सम्मेलन गर्दैछ । अखिल क्रान्तिकारीले भर्खरै विस्तारित वैठक सम्पन्न गर्दै २० औं राष्ट्रिय सम्मेलनको तयारीको लागी सांगठनिक अभियन सञ्चालन गरेको छ । नेपाल विद्यार्थी संघको महाधिवेशन पटक पटक मिति तोकिएर स्थागन भएपनि नेपाली काँग्रसको महाधिवेशन लगत्तै हुनेछ । यो  नेपालका मुख्य ठूला विद्यार्थी संगठनहरु राष्ट्रिय सम्मेलनमा जुटिरहेको समय हो ।

यी सम्मेलनहरुमा देशभरीवाट आउने प्रतिनीधिहरुले विद्यार्थी आन्दोलन क्रियाशिल नेताहरुको उमेरहदको सवलमा महत्वपूर्ण एजेण्डा वनाएर वहस चलाउन आवश्यक छ ।

यसको अर्थ इच्छाशक्ति र उर्जावान विद्यार्थीहरुलाई विद्यार्थी आन्दोलन हस्तान्तरण गर्दा भइहाल्छ भन्ने पनि होइन सम्पूर्ण कुराको केन्द्रमा राजनीतिक हुनु र राजनीति ठिक हुनु य नहुनुले अन्य सवै कुराको फैसला गर्ने हुदा इच्छा शक्ति र उर्जावान भएर मात्र पुग्दैन वैचारीक राजनीतिक  चेतनाले लेस हुनै पर्दछ ।

वैचारिक राजनीतिक चेतना र  इच्छा शक्ति भएका उर्जावान विद्यार्थीहरुलाई विद्यार्थी आन्दोलन हस्तान्तरण गर्दा कुनै जाहज डुव्दैन । कुनै पनि न्यायोचित मागहरुले सहज निकास पाउन जाहेज मुद्दाहरु मात्र प्राप्त हुदैन त्यसको नेतृत्वकर्ताको विगतको निष्टा र इमान्दारिताले पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

त्यसका लागि आवश्यक विद्यार्थी नेता निर्माणको प्रक्रिया ध्यान देऊ परिवर्तित नेपाली समाजको नेतृत्व गर्न योग्य विद्यार्थी आन्दोलन वनाउन स्वयम विद्यार्थी आन्दोलनकै पुुनरसंरचनाको विषयमा वहस र समीक्षा गर्न तयार हौं । अनेरास्ववियुलाई राष्ट्रिय सम्मेलनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment