Comments Add Comment

रंग लगाएको ८ सय नदिएको झोकमा बृद्धको हत्या

२५ माघ, काठमाडौं । घरमा रंग लगाएको आठ सय रुपैयाँ नदिएको झोकमा काठमाडौं भुवलडाँडाका निमा दोर्जे शेर्पाको हत्या भएको खुलेको छ । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिस्त्री काम गर्ने रामबहादुर भन्ने लालबहादुर विक र अम्मरबहादुर जिवक छन् । लालबहादुरका जेठान अम्बर ज्यामी काम गर्छन् । सिन्धुपाल्चोक हेलम्बु ५ घर भई काठमाडौं बस्ने ८५ वर्षका निमा दोर्जे शेर्पाको गत कात्तिक २७ गते आफ्नै घरमा शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा घरमा रंग लगाएको आठ सय रुपैयाँ नदिएको झोकमा हत्या भएको खुलेको छ । लाललबहादुर विकले वैशाख १२ को भूकम्प पश्चात शेर्पाको घरको बाहिर भागमा छ दिनसम्म रंग लगाएका थिए । तर, शेर्पाले काम मन परेन भन्दै ८०० रुपैयाँ दिएनन् ।

मंसिर २५ गते लालबहादुर विक र अम्बर विक शेपा कहाँ गएर काम गरेको बाँकी पैसा मागेका थिए । तर, शेर्पाले पैसा दिएनन् । त्यस क्रममा भनाभन भएको र अम्बरले काम गरेको पैसा दिनैपर्छ भन्दा शेर्पाले तँ बीचमा बोल्ने को होस् भनेर मुढामा बसिरहेका उनलाई धकेलेर लडाइदिए ।

लगतै अम्बरले निमाको घरमा रहेको खुकुरी निकालले उनको हत्या गरे । घटनापछि दुबैले दराज र सेफ खोलेर धनमाल खोजेका थिए । तर, केही नभेटेपछि २/३ लाख पर्ने बुद्धचित्तको माल लुटेर लगेको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment