Comments Add Comment

बारको मतगणना मंगलबार मात्र

१७ चैत, काठमाडौं । कानून व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि शनिबार नै निर्वाचन सकिए पनि मतगणना भने मंलगबारदेखि मात्रै हुने भएको छ ।

केन्द्रीय कार्यसमितिका लागि काठमाडौंका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार निर्वाचन सम्पन्न भएको थियो । तर, देशभरिबाट मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले चैत १९ गतेबाट मात्रै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिएका छन् ।

बारको अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् । शनिबार सम्पन्न निर्वाचनमा कार्यसमितिका लागि एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको छ ।

खड्काका अनुसार देशभर १० हजार ३१३ मतदाता रहेकोमा सर्वोच्चमा भएको मतदान केन्द्रमा ४ हजार ८४३ मत खसेको छ । त्यसैगरी सर्वोच्च वारमा ६४४, उच्चवारमा १ हजार ६८८, काठमाडौँ जिल्लामा १ हजार ५८० मत खसेको छ । ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत उपत्यकाबाट खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment