Comments Add Comment

‘महाशक्ति’को फोन

वासु श्रेष्ठ, भर्जिनिया

रातो भाले क्वाएँ क्वाएँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ…

मेरो स्मार्ट फोनको विशेष रिङ टोन बज्यो । मलाई फोन गर्नेको नाम देखाउनुको साटो कलर आईडीले अनअभाइलेबल भनेर देखायो । त्यसकारण या त यो नेपालबाट आएको फोन हुनुपर्छ, या त कुनै फटाहा अमेरिकी कम्पनीलेे विज्ञापनका लागि आफ्नो नम्बर नआउने गरी गरेको फोन हुनुपर्छ । या कुनै चन्दाका लागि आएको फोन हुनुपर्छ ।

Phoneयो अमेरिकामा पनि गज्जब छ । एकपटक कसैलाई चन्दा दियो भने, त्यो संस्थाले के भन्ठान्छ कुन्नि हरेक महिना, ६ महिनामा चन्दाका लागि फोनबाट अपिल गरिरहन्छ । चन्दादान त एकपटक पो गरिन्छ त । पटकपटक गरेर साध्य हुने हो र ? जहाँ गहिरो, त्यहीँ पानी भनेको यही हो कि ? अनि, त दिउँसो या खाना खान लागेका बेला चन्दा, विज्ञापन या दानका लागि बज्ने फोनले वाक्क बनाउँछ र एकपटक गरेको सत्कार्यप्रति आफैँलाई वैराग लागेर आउँछ । यस्तै, फोनसँग वाक्क भएर एकजनाले आफ्नो फोनमा ‘तँ तुरुन्त फोन राख् होइन भने तेरो फोन अहिल्यै पडकिन्छ’ भनेर उदघोषण गरेकी थिइन् ।

जेहोस्, माथिका कारण एकछिनसम्म यो नचिनेको फोन नउठाउँ भन्ने लाग्यो । यही असमञ्जसको समयमा फोन चुप लाग्यो । मैले पनि टन्टै साफ भन्ठानेँ । सन्तोषको सास लिएर फाल्न पाएको थिइनँ, फोन फेरि बज्न थाल्यो । अहिले पनि उही अनअभाइलेबल । अब चाहिँ उठाउनुपर्याे भन्ने विचारले उठाउँदै ‘हलो’ भनेँ ।

आवाज त्यति सफा थिएन । अब चाहिँ यो फोन नेपालबाट आएको भनेर लख काट्न सजिलो भयो । त्यसको साथै घरबाट आमाको हो कि, केही आइलाग्यो कि, हिजो भर्खर त कुरा गरेकै हो । हे भगवान, केही नभएको होस् भन्ने सोच आँधीहुरी जस्तै मनमा आए । म हतपत भगवान पुकारा गरेर उनलाई आफ्नो स्वार्थमा दुःख दिने व्यक्ति होइन । तर, अहिले अचानक उनलाई सम्झन पुगेकोमा आफैँ एकछिन लाज पनि मानेँ । उताबाट ‘हलो, तपाईं फलानो बोल्नुभएको हो ?’ लौ म को बोलेको नभनीकन मलाई फोन गरेर मेरै नाम लिएर फलाना बोलेको हो भनेर सोध्ने कस्तो मान्छे होला भन्ने लाग्यो । ह्या, के तीतो पोख्नु ? भनेँ, ‘हो, म नै बोल्दै छु । तपाईं को बोल्नुभएको, मैले त चिन्न सकिनँ ।’

उताबाट जवाफ आयो, ‘हो, तपाईंले हामीलाई चिन्नुहुन्न र हामी पनि तपाईंलाई व्यक्तिगत तबरमा चिन्दैनौँ । तर पनि तपाईंको फोन नम्बर पत्ता लगाएर फोन गरेका हौँ ।’

लौ, अब त हामीको कुरा समेत पो आयो । मनमनै झन् अनेक शंका-उपशंका जागे । प्रश्नका भेल बगे । को होला, किन होला आदि-आदि ।

सोधेँ, ‘कारण के होला ? मैले के गर्नुपर्ने छ होला ?’

‘म महाशक्तिको तर्फबाट बोलेको हुँ । हाम्रो यो महाशक्तिमा विद्वान् वर्ग, सजग वर्ग, शिक्षित वर्ग, कलाकार वर्ग आदिलाई समावेश गरेर देशको मुहार फेर्नुपर्छ भन्ने उद्देश्यले तपाईंलाई पनि निम्ता दिन फोन गरेका हौँ । नाइँ नभन्नु होला । हाम्रो अध्यक्षज्यूले तपाईंसँग नै कुरा गर्ने रे । ल, उहाँसँग कुरा गर्नुस् है ?’

अध्यक्षज्यूले हाँस्दै भनेँ, ‘अब त्यो त अलिअलि पार्टीलाई चन्दा दिइहाल्नुपर्छ नि । त्यसमाथि तपाईंको एक डलर बराबर यहाँको सय चानचुन हुन्छ । केही गाह्रो हुन्न होला फलानोजी ।’ मैले सोधेँ, ‘देशमा सहिद र पार्टीको संख्या बढेर जनसंख्या नाघ्न लागेको छ । फेरि अर्काे पार्टी अध्यक्षज्यू ?’

लौ, म अचानक फोनबाट आइलागेको यो भाउँतोको रहस्य बुझ्न पूराका पूरा असमर्थ भएँ । सपना हो कि विपना हो । चिमोटेर आफैँलाई दुखेपछि बिउँझैँ छु भन्ने निर्क्योल गरेँ ।

त्यतिन्जेल, उताबाट अध्यक्षज्यूको बोली सुनियो, नरम र मीठो आवाज, ‘हलो, फलानोजी, म महाशक्तिको अध्यक्ष बोलेको । हामीले तपाईंलाई फोन गर्नाको कारण त अघि हाम्रो उहाँ फलानाले भनी नै हाल्नुभयो । तैपनि म आफैँ पनि तपाईंलाई निम्ता दिउँ भनेर फोनमा कुरा गरेको हुँ ।’

हरे, कस्तो विलखबन्दमा परियो । ‘अध्यक्षज्यू, म विदेशमा बसेको एक अदना मान्छेले के गर्न सक्छु र ? मेरो त्यस्तो कुनै हैसियत र स्थान केही छैन । म त्यस्तो कुनै विचारक पनि होइन । म कुनै ठूलो आम्दानी गर्ने व्यक्ति पनि होइन । न त कुनै संस्था आदिमा मेरो ठाउँ छ । बिहान कमाएर बेलुका खानुपर्ने म अदनाले के गर्न सक्छु होला र अध्यक्षज्यू ?’ मैले टार्ने कोसिस गर्दै भनेँ । मनमनै भने आफ्नो मान-मनितो बढेकोमा मुटु हुलुक्क हुँदै थियो ।

उहाँले ‘होइन, अमेरिकाबाट फर्किनुभएका नामी कलाकार, सिनेकार अनि गीतकार पनि सामेल हुनुभएको छ । त्यता बस्ने तपाईंहरूको हालखबर पनि हामीलाई उहाँहरूबाटै थाहा भएको छ । त्यसैले तपाईं पनि हाम्रो शक्तिमा समावेश भएर यसलाई ठूलो महाशक्तिमा परिणत गरौँ न’ भन्नुभयो ।

‘अध्यक्षज्यूले मेरो फोन नम्बर कसरी पाउनुभयो त ?’ मैले प्रसँग मोड्दै सोधेँ । जवाफ आयो, ‘तपाईं फेसबुकमा हुनुहुन्छ । तपाईंको लाइक कमेन्टहरूको हामीले वाच गरिरहेका छौं । यहाँ र यहाँको राजनीतिका विकृतिबारे तपाईंका टीका-टिप्पणी मनन गरिरहेका छौं । त्यसकै आधारमा पनि तपाईं एक सजग व्यक्ति हो भन्ने हामीलाई लागेर तपाईंसँग सम्पर्क गरेका हौँ ।’

आफूले आफैँलाई भनेँ, ‘फेसबुकमा जे पायो, त्यही बोलेर मनको भडाँस निकाल्छु भन्थिस् नि, देखिस् कसरी फसिँदो रहेछ ।’

सातो गयो । ए बाबा, म त साथीहरूले मात्र हेर्छन्, होला भनेको त साथीको साथी र उसका साथीका पनि साथीले हेर्दा रहेछन् । अब बोल्न पाउँदैमा प्याच्च बोल्दिनँ, ठ्यास्स लेख्दिनँ भन्ने मनमनै कबुल गरेँ । तर, यो आइलागेको निम्तालाई के गर्ने होला भनेर के बोलुँ के बोलुँ भइरहेको थियो । अचानक एउटा अर्काे प्रश्न फुर्याे र सोधेँ, ‘अनि, महाशक्तिमा बसेपछि त महिनाको लेबी पनि बुझाउनुपर्छ होला, त्यो त म सक्दिनँ अध्यक्षज्यू !’

मेरो बोली झर्न पाएको छैन, अध्यक्षज्यूले हाँस्दै भनेँ, ‘अब त्यो त अलिअलि पार्टीलाई चन्दा दिइहाल्नुपर्छ नि । त्यसमाथि तपाईंको एक डलर बराबर यहाँको सय चानचुन हुन्छ । केही गाह्रो हुन्न होला फलानोजी ।’

आफूले आफैँलाई भनेँ, ‘फेसबुकमा जे पायो, त्यही बोलेर मनको भडाँस निकाल्छु भन्थिस् नि, देखिस् कसरी फसिँदो रहेछ ।’

मैले सोधेँ, ‘देशमा सहिद र पार्टीको संख्या बढेर जनसंख्या नाघ्न लागेको छ । फेरि अर्काे पार्टी अध्यक्षज्यू ?’

जवाफ आयो, ‘कताको त्यत्रो पार्टी नि फलानोजी ! तिनीहरूले राम्रो काम गरेको भए तपाईंले फेसबुकमा घोटिएर लेखिरहनुपर्थ्यो र ?’ भनेर उल्टै मलाई पो प्रश्न तेर्सियो । अनि, अगाडि बढ्दै भन्नुभयो, ‘तपाईंलाई अहिले डायस्पोरिक डाइरेक्टर पदमा राख्ने विचार र सल्लाह गरेका छौँ । हामीलाई विदेशबाट पनि तपाईंहरू जस्ताको सहयोग चाहिन्छ । फेरि विदेशबाट झिनो स्वरमा निकालेको आवाज पनि यहाँ ठूलो र महत्वका साथ सुनिन्छ ।’

यसपटकचाहिँ मेरो कान अलि ठाडो भयो । डायस्पोरिक डाइरेक्टर ? वाह, कहिले नसुनेको पद ! उहाँले यो पदको काम कर्तव्य छोटोमा बुझाइ रहँदा म भने हल्लिने मेचमा बसेर आँखा चिम्लेर अगाडि-पछाडि गर्दै झुलिरहेको कल्पना गर्न थालेँ । अलि बढी नै झुलेछु क्यारे, मेच उत्तानो परेर म भुइँमा पछारिएँ । हतपत कसैले देख्यो कि भनेर जर्याकजुरुक उठेको त आफूलाई ओछ्यानमा पो पाएँ । घुतुमुने छोरी मलाई झकझक्याउँदै रहिछिन् । बल्ल पो निद्राबाट ब्युँझिएँ ।

छोरी काखमा लिँदै सपनामा आइलागेको निम्ताबारे सोच्न थालेँ । बिउँझिएर राम्रो भयो कि भएन भन्ने प्रश्नका भेल आए । तर, यस्तो फोन वास्तविक जीवनमा नआओस् भन्ने कामनाचाहिँ गरेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment