Comments Add Comment

स्मार्ट शर्ट, जसले सुधार्छ स्वास्थ्य तथा तन्दुरुस्ती

smart shirtदुइ जापानी कम्पनीहरुले एउटा यस्तो स्मार्ट शर्ट बनाएका छन् जसले उक्त शर्ट लगाउने व्यक्तिको स्वास्थ्यका विषयमा नियमित निगरानी राखेर व्यक्तिलाई स्वस्थ हुन मद्दत गर्दछ ।

यो स्मार्ट शर्टले स्मार्टफोनसँग जोडिएर व्यक्तिको स्वास्थ्यका बारेमा विभिन्न तथ्यांक उपलब्ध गराउँछ । मिडिया रिपोर्टका अनुसार यो शर्टमा निकै सुक्ष्म तथा लचिलो सेन्सर प्रयोग गरिएको छ, जसलाई धुने बेला बाहिर निकालिन्छ । यसले मानिसको सरीरको मुद्रा, मुटुको धड्कन तथा क्यालोरी खर्च हुने दरको बारेमा जानकारी प्रदान गर्दछ ।

यो स्मार्ट शर्ट उत्पादन गर्ने प्रविधि कम्पनी एनइसीका प्रवक्ताका अनुसार गुन्जे लिमिटेड नामक अर्को कम्पनीसँग सहकार्य गरी यो स्मार्ट शर्टको उत्पादन गरिएको हो । यो कमिज लगाउने मानिसको स्वास्थ्य सँग सम्बन्धित विभिन्न तथ्यांक एकत्रित गरी यसले वायरलेस प्रविधिमार्फत व्यक्तिको स्मार्टफोनमा पठाउँदछ ।

जसलाई एक विशेष खालको एपका मद्धतले देख्न सकिन्छ । आफ्नो स्वास्थ्य तथा तन्दुरुस्तीका बारेमा यावत् डाटाहरु आफ्नो स्मार्टफोनमै प्राप्त गरेपछि व्यक्ति स्वास्थ्यका बारेमा सजग बन्ने व्यायामको दरलाई बढाउन उत्प्रेरित हुने दाबी गरिएको छ ।

अब छिटै नै यो स्मार्ट शर्ट लंच गर्ने तयारीमा निर्माता कम्पनी रहेको छ । अहिलेसम्म यसको व्यापारिक नाम राखिएको भने छैन । पश्चिम जापानका कतिपय व्यायामशालाहरुमा यो शर्टलाई परीक्षणका रुपमा भाडामा उपलब्ध गराउने सोँच कम्पनीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment