Comments Add Comment

राष्ट्रिय कविता महोत्सव फेरि पनि स्थगित

२७ माघ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव अनिश्चितकालका लागि स्थगित भएको छ ।

हरेक बर्ष असारमा हुँदै आएको कविता महोत्सव वैशाख १२ को महाभूकम्पका कारण स्थगित गरेर माघ २७ र २८ गतेलाई सारिएको थियो ।

तर, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कविता महोत्सव फेरि स्थगित गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीले जानकारी दिए ।

कोइराला प्रज्ञा प्रतिष्ठानका पूर्व संरक्षकसमेत हुन् ।

Pragya-Pratisthan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment