Comments Add Comment

बुधबारको टप १० समाचारः सुशीलको अन्तिम यात्रादेखि ग्यास सहजै नपाइनेसम्म

१. तस्वीरमा सुशीलको अन्तिम यात्रा

Susil Koirala antim Badai  (13)

नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल कोइरालाले दागबती दिएका छन् ।

२. सुशील, रामलाल र वर्षमान !

विदेशमा उपचार गराउँदा क्यान्सरजस्तो जटिल रोगलाई जित्न सक्ने तिनै सुशीलले स्वदेशमा किन निमोनिया जस्तो सामान्य रोगसँग हारे ? यो प्रश्नलाई खोतल्ने हो भने कोइरालाको पुस्ताले नेपाल र नेपालीलाई गरेको वास्तविक योगदानको श्यामस्वेत तस्वीर देख्न सकिन्छ ।

३. सुशीलको सेखपछि कांग्रेस संस्थापनको नेता को ?

कांग्रेसको नेतृत्व कोइराला परिवारका हातबाट अन्यत्र सरेको चर्चा सुरु भइसकेको छ । बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये एकले कांग्रेसको भावी सभापति पद हात पार्ने विश्लेषण भइरहेको छ ।

४. आफैँ रुँदैछन् प्रचण्ड र बाबुरामलाई रुवाउने गायक

जनयुद्धकालमा एउटा सांस्कृतिक कार्यक्रममा प्रचण्ड, बाबुराम र अन्य केही नेताहरु गीत सुनेर रोइरहेको प्रसंग निकै चर्चित बन्यो । नेताहरूले खल्तीबाट रुमाल झिकेर भावुक हुँदै आँसु पुछिरहेको देखिने भिडियोसमेत बाहिर आयो ।

५. साइकलको पछिल्लो सीटमा बसेर हिन्दी गीत गाउँथे सुशील

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिंह परियार एउटा कागजको चिर्कटो हातमा च्यापेर कोइरालानिवास परिसरमा सुँक्सुकाइरहेका थिए । उनले सो कागज सञ्चारकर्मीहरुलाई देखाए,जुन सुशील कोइरालाले आफ्नै हातले लेखेका रहेछन् ।

६. कोइरालाको सहज मृत्युले छाडेका असहज प्रश्न

कोइरालाले मृत्यूपूर्व लामो कष्ट व्यहोर्नु परेन । यसलाई संभवतः ‘आदर्श मृत्यू’ मान्न सकिन्छ । मर्नु त एक दिन छ नै । त्यसैले मृत्यूअघि कमभन्दा कम दुःख पाइयोस् र धेरै छटपटिनु नपरोस् भन्ने हरेक मानिसको मनोकांक्षा हुन्छ ।

७. नाकाबन्दी खुलेपनि ग्यास सहजै नपाइने

वीरगञ्ज नाका खुलेपनि ग्यासको आयात बढ्न नसकेको नेपाल आयल निगमले जनाएको छ । यसैका कारण सहजरुपमा ग्यास कहिलेदेखि पाइन्छ भन्ने अनिश्चित भएको छ ।

८. बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर गुम्दै

बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउन स्वीकृति दिएको छ । बंगलादेशी मन्त्रिपरिषद्ले १५ लाख कामदार पठाउने बिषयमा मलेसियासँग हुन लागेको समझदारीपत्रलाई स्वीकृति प्रदान गरेको छ ।

९. मातृका यादवले गरे छुट्टै आन्दोलन घोषणा, मधेसी मोर्चाले धोका दिएको आरोप

मधेसी मोर्चाले जालझेल र प्रलोभनमा परेर मधेस आन्दोलनलाई तुहाएको आरोप लगाउँदै माओवादी नेता मातृका यादवले छुट्टै आन्दोलन घोषणा गरेका छन् ।मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजकसमेत रहेका यादवले प्रतिकृयावादी शाशकहरुको मिलोमतोमा मोर्चाले आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए ।

१०. ‘ए मेरो हजुर २’ मा अनमोल नहुने, झरना खोज्दैछिन् नयाँ नायक

लामो समयदेखि छायांकनमा जाने भनिएपनि विविध कारणले रोकिएको नायिका झरना थापाको बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ का लागि नयाँ कलाकारको खोजी गरिएको छ । मुम्बइमा गीत रेकडिङ गरेर यसका निर्माता सुनिल कुमार थापा र संगीतकार बसन्त सापकोटा फर्किएको पनि लामै समय भैसकेको छ ।

र, यो पनि

अर्धनग्न साम्बा नर्तकीहरुले यसरी चुनौति दिए जिका भाइरसलाई (फोटो फिचरसहित)

विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरिसकेको जिका भाइरसको सबैभन्दा बढि प्रकोप झेलिरहेको दक्षिण अमेरिकी मुलुक ब्राजिलमा धुमधामका लागि परम्परागत सडक कार्निभल सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment