Comments Add Comment

जिदानले भने- मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट

Zinedine-Zidane

२८ माघ । रियल म्याडि्रडका प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीभन्दा क्रिष्टियानो रोनाल्डो उत्कृष्ट रहेको बताएका छन् ।

एक मेक्सिकन स्पोर्टस अखबारलाई दिएको अन्तर्वार्ताका क्रममा जिदानले आफ्नै टोलीका स्ट्राइकर रोनाल्डोको प्रशंसा गरेका छन् ।

मेस्सी र रोनाल्डोबीचको तुलना गर्दै सोधिएको प्रश्नमा तथा पूर्व फ्रान्सेली स्टार जिदानले भनेका छन् – ‘रोनाल्डो बर्तमान समयका उत्कृष्ट फुटबलर हुन् । मेसी उनका प्रतिद्वन्द्वी हुन । अधुनिक फुटवलमा प्रतिद्धन्द्धीको टक्करले खेलस्तर बढाउँछ  ।’

उनले थपे-‘समर्थकहरले पनि यस्तै हेर्न रुचाउँछन् ।’ रोनाल्डोको बारेमा अनेक कुरा हुने गरेको भन्दै जिदानले उनी निक्कै राम्रो व्यक्तित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment