Comments Add Comment

राजनीतिक संयन्त्र गठनको तयारी, बालुवाटारमा बैठक जारी

3-Dal-Barta२९ माघ, काठमाडौं । सीमांकन विवादबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाउने प्रयास सुरु भएको छ । प्रधानमन्त्रीको आहृवानमा अहिले तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संयन्त्रको क्षेत्राधिकार (टीओआर) बारे छलफल भइरहेको छ ।

सीमांकनबारे तीन महिनाभित्र टुंगो लगाउने गरी राजनीतिक संयन्त्र बनाउन मधेसी मोर्चा यसअघि नै सहमत भइसकेको थियो । तर, संयन्त्रको टीओआरमा भने सहमति हुन सकेको थिएन ।

स्रोतहरुका अनुसार अहिले तीन दल र मधेसी मोर्चा टीओआरमा पनि सहमति नजिक पुगिसकेका छन् । राजनीतिक संयन्त्रको टीओआरमा मधेसी मोर्चाले भनेजस्तो मधेसमा दुई प्रदेश हुनेछ भनेर लेखिने छैन ।

राज्य पुनःसंरचना समिति, राज्य पुनःसंरचना आयोग र सम्वाद समितिको प्रतिवेदनका आधारमा सीमांकन गर्ने पदावलि टीओआरमा राखिनेछ ।

‘टीओआरमा लगभग सहमति भइसकको छ, आजै सहमति हुने सम्भावना छ, मोर्चा सम्वद्ध स्रोतले भन्यो ।
सीमांकनबारे निर्णय गर्न बनाइने राजनीतिक संयन्त्रलाई व्यवस्थापिका संसदबाट अनुमोदन गर्ने तयारी छ । यसमा मधेसी मोर्चा पनि सहमत देखिएको छ ।

यसअघि मधेसी मोर्चाले संयन्त्र र त्यसको टीओआरलाई संविधानको अनुसूचीमा राख्नु पर्ने माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment