Comments Add Comment

बाणिज्य बैंकको सीईओमा पाँच जना सिफारिस

Rbb१ फागुन, काठमाडाैं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको रिक्त्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटा संयोजकत्वको सीईओ छनोट समितिले सरकारलाई नाम सिफारिस गरेको हो ।

सीइओ बन्नका लागि १६ जनाले आवेदन दिएका थिए । जसमध्ये वाणिज्य बैककै पूर्व सीईओ कृष्णप्रसाद शर्मा, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य, वाणिज्य बैंककै निमित्त सीईओ भेषराज पन्थी, कृषि विकास बैंकका डेपुटी अनिल उपाध्याय र नेपाल बैंकका पूर्व डेपुटी किशोर श्रेष्ठको नाम नयाँ सीईओको लागि सिफारिस भएको हो ।

सिफारिसमा परेकाहरु मध्ये सरकारले अन्तर्वार्ता, अनुभव, शैक्षिक योग्ता र विजनेश प्लानलाई आधार मानेर छनोट गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment