+
+

साउदी अरबको जेद्दामा मनाइयो सोनाम ल्होसार

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २ गते १०:०७

saudi arabसाउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरबको पश्चिम क्षेत्र (जेद्दा) मा रहेका तमाङहरूले आफ्नो संस्कृती र परम्परालाई जगेर्ना गर्न प्रवासमै रहेरपनि निरन्तरता दिएकाछन् । सोनाम ल्होसार  २८५२ माघ शुक्लपक्ष प्रतिपदा अनुसार २०७२ साल माघ २६ गतेवाट “ल्हुक ल्हो” भेडा वर्गलार्इ पार गरी “टे ल्हो” वाँदर वर्ग को स्वागत गर्दै तामाङ साँस्कृतिक महत्वको विधी अनुरूप दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।

नेपाल तामाङ घेदुङ, प्रवास शाखा साउदी अरबका अध्यक्ष बिगेन्द्रसिंह वाइवाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली महावाणीज्य दूतावासका कार्यवहाक महावाणीज्यदूत रेवती रमण पौडेल थिए भने कार्यक्रमलाई आसिम दोर्जे वाइवा तामाङले संचालन गरेका थिए । आइता सिंह डिमदोङले कार्यक्रममा उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा अतिथी बक्ताहरू जनजाती महासंघ साउदी अरबका सल्लाहाकार दिलीप जवेगु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष ध्रुव रिजाल, तमु धी प्रवास शाखाका अध्यक्ष बुद्दीलाल गुरूङ, नेपाली यूवा क्लवका अध्यक्ष कृष्ण भट्टराइले सोनाम ल्होसारको उपलक्षमा शुभकामना ब्यक्त गरेका थिए ।

सो अबसरमा नेपाल तामाङ घेदुङ साउदी अरबका सदस्य दिल तामाङले नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयवाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए भने तामाङ अन्तराष्ट्रिय परिषदबाट प्राप्त शुभकामना सन्देशलाई शान्ती थिङ तामाङले वाचन गरेकी थिइन।

र्यक्रममा प्रमुख अतिथि महावाणीज्यदूत रेवती रमण पौडेलले शुभकामना व्यक्त गर्दै नेपाल घेदुङले आफ्नो संस्कृतीको जगेर्ना खेलेको भूमिकाको प्रशंसा गरे ।

साथै, हालसालै नेपाल सरकार र साउदी अरबीच हुन लागेको श्रम सम्झौतालाई ध्यानमा राखी साउदी अरबको पश्चिमी क्षेत्रमा रहेका नेपाली समुदाएले बुझाएका साझा अबधारणालाई सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी समेत दिलाएका थिए । औपचारीक कार्यक्रमको समापन गर्दै सभापति बिगेन्द्रसिंह वाइवाले ल्होसार पर्व चन्द्र पात्रो अनुसार चलेको जानकारी दिलाउदै क ल्होसार पर्वको महत्व दर्शाउंदै सबै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे ।

औपचारीक कार्यक्रमको समापन लगत्तै साँस्कृतिक कार्यक्रमको प्रस्तुती रहेको थियो । जसमा स्थानिय ख्यातिप्राप्त कलाकारहरू चन्द्र सानु लिम्बु, धन बहादुर गुरूङ, दिनेश क्षेत्री, रमेश श्रेष्ठ, शान्ती थिङ लामा, राजन तामाङ र सोम तामाङले  गीत तथा नाच प्रस्तुत गरेका थिए।

सो अबसरमा “पछेउरी लेउ बैना आजै टुङ्गो लगाइदेउ माया छ कि छैन” भन्ने लोक भकामा राजन तामाङ र शान्ती थिङ तामाङको बेजोड दोहोरी गीतमा उपस्थित दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । सांस्कृतीक कार्यक्रमलाई आशीम दोर्जे वाइवा तामाङ तथा राम (सुरज) गुरूङले आलोपालो संचालन गरेका थिए ।

सोही कार्यक्रममा भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. शुसील कोइरालाको असमायीक निधनप्रति जेद्दामा स्थापित सबै संघ-संस्थाहरूको सयुक्त पहलमा सोक पुस्तिकामा हस्ताक्षर गरी महावाणीज्यदूत रेवती  रमण पौडेललाई हस्तान्तरण गरेका थिए जसको संयोजन दिलीप जबेगुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?