Comments Add Comment

सवा क्विन्टल तौलकी युवतीले वर्षदिनमै घटाइन् ६० किलो वजन, जितिन् बिकिनी प्रतिस्पर्धा

taul ghatauआखिर मानिसले कुनै दृढ प्रतिज्ञा गर्ने हो भने पूरा गर्न नसकिने भन्ने कुरा केही छैन । मोटोपनाबाट पीडित भएकी र हैरानी खेप्दै आएकी एक युवतीले एक वर्षमै आफ्नो जिउको वजन ५९ किलो घटाएकी छिन् ।

१ सय २३ किलो तौलकी कोनेर रेस्च आफ्नो तौलकै कारण मोटी तथा भद्दा केटीको रुपमा कुख्यात बन्न थालेपछि तौल घटाउने प्रतिज्ञा गरिन् र त्यसमा सफल पनि भइन् । अहिले उनी युवतीहरुका लागि फिटनेसको रोल मोडल बनेकी छिन् ।

अमेरिकाको  नेब्रास्काकी बासिन्दा कोनरको उमेर २६ वर्ष हो । उनले आफ्नो निजि ट्रेनर तथा पोषण विज्ञको सहयोगमा वर्षदिनमै ५९ किलो तौल घटाउन सफल भएकी हुन् । उनको तौल अहिले सामान्य युवतीको जत्तिकै अर्थात् ६४ किलो छ । उनी सोसल साइट इन्स्टाग्राममा निकै चर्चित पनि छिन् । इन्स्टाग्राममा उनका ३६ हजार भन्दा बढि फलोअर्स छन् ।

उनले एक वर्षमा जिउको तौल झण्डै आधाले घटाउन सफल मात्र भइनन् अर्को महत्वपूर्ण उपलब्धी पनि हात पारिन् ।

गत वर्ष उनले वल्र्ड ब्यूटी फिटनेस एण्ड फेसन प्रतियोगितामा भाग लिइन् र उक्त प्रतियोगिता अन्तरगत उत्कृष्ट बिकिनी ब्युटीको उपाधि हात पारिन् ।

कोनेरका अनुसार पहिले उनलाई सोसल साइटमा आफ्ना तस्वीर अपलोड गर्न पनि लाज  र डर लाग्थ्यो । आफुले जिन्दगीमा कहिल्यै सुन्दरी प्रतियोगितामा भाग लिएर उत्कृष्ट बिकिनी सुन्दरीको उपाधि जितुँला भन्ने उनलाई कहिल्यै पनि लागेको थिएन रे ।

तौल घटाएसँगै जब उनले पहिलोपटक बिकिनी लगाइन् तब उनको आत्मविश्वास ह्वात्तै बढ्यो । त्यसपछि उनले पछाडि फर्केर सोँचिनन् र अन्ततः सफलता पनि प्राप्त गरिन् ।

मोटी छँदा उनी अगस्ती जस्तै खन्चुवा थिइन् । उनले लगातार खाइरहन्थिन् र उनलाई निकै भोक पनि लागिरहन्थ्यो । जसका कारण उनको वजन लगातार बढिरहेको थियो ।

त्यसपछि उनी एक निजि ट्रेनरसँग भेट गरिन् । उनैबाट किक बक्सिङ, कार्डियो तथा भारत्तोलन लगायतका फिटनेस टिप्स प्राप्त गरिन् र नियमित रुपमा व्यायाम गर्नुका साथै खानपिनमा पनि नियन्त्रण गरिन् । त्यसो गर्न थालेपछि त उनले केवल २१ दिनमै आफ्नो वजन १० किलो घटाउन सफल भइन् । अन्ततः एक वर्षको अवधिमा उनले जिउको वजन ५९ किलो घटाएर जिउलाई फिट बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment