+
+

भक्तपुरमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ३ गते १६:१०
Bhaktapur-Map
३ फागुन, भक्तपुर । काठमाडाैँबाट काभ्रेपलाञ्चोक जाँदै गरेको अरनिको यातायातको बा २ ख ६३१४ नं को बसले भक्तपुरको पलासेमा विपरीत दिशाबाट आइरहेको बा ६६ प २४६१ नं को मोटरसाइकलाई ठक्कर दिँदा एक प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पनौती–१ काभ्रे घर भई प्रहरी महाविद्यालय साँगामा कार्यरत ३५ वर्षीय प्रहरी सहायक निरीक्षक साधनकुमार थापा रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । दुर्घटनामा परी अर्का एक घाइते भएका छन् ।
घाइते सोही महाविद्यालयमा कार्यरत ३१ वर्षीय प्रहरी हवल्दार श्यामकुमार थापाको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक सुवास थापालाई प्रहरी नियन्त्रणमा लिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?