Comments Add Comment

युवराज खतिवडाले भने-राजनीतिक फिक्सिङले देश विकासमा समस्या

४ माघ, काठमाडौं । योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले राजनीतिमा हुने म्याच फिक्सिङका कारण मुलुकको विकास नभएको बताएका छन् ।

Governerएमाले नेतासमेत रहेका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले लेखेको ‘सम्मृद्ध नेपाल’ नाम पुस्तक बिमोचन कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन् ।

‘फुटबलमा भएको म्याच फिक्सिङको कारण नेपाल उपाधीविहीन भयो । यस्तै राजनीतिमा हुने म्याच फिक्सिङको कारण नेपाल विकासमा पछाडि परेको हो,’ उनले भने ।

उपाध्यक्ष खतिवडाले छिमेकको बजारको ध्यान नराख्ने हो भने मुलुकमा विकास नहुने बताए । विकास गर्न राजनीतिक प्रणाली प्रमुख नभएको कुरा प्रष्ट भइसकेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक दलहरुमा विकासको विषयमा चिन्तनै शुरु नभएको गुनासो गरे ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्व अमेरिकी राजदूत डा. शंकर शर्माले सम्बृद्धिमा नेपाल शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षामा अगाडि भएपनि आम्दानीको आधारले पछाडी रहेको बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले नेपालमा उद्योगी र व्यवसायीलाई गर्ने व्यवहारमा परिवर्तन नभएको बताए ।

पुस्तकका लेखक अधिकारीले विकासमाथि बहस होस् भन्ने उद्देश्यले किताब लेखेको बताए । ‘अबको युग भनेको आर्थिक विकासको युग हो,’ अधिकारीले भने- ‘विकासका लागि बहस होस् भन्ने हेतुले मैले आफ्नो अनुभव र केही अनुसन्धान गरी यो पुष्तक लेखेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment