Comments Add Comment

विराट गोल्डकपमा आयोजक मोरङको विजयी सुरुवात

Birat-Gold-cup

७ फागुन, विराटनगर । मोरङमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा मोरङ ११ विजयी भएको छ ।

रुपन्देही ११ लाई तीन-एक गोल अन्तरले हराउँदै आयोजक मोरङ ११ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । उपहार पोगको सहयोगमा खेलमा मोरङले अग्रता लिएको थियो ।

पहिलो हाफको ३२ औं मिनेटमा मोरङका प्रकाश बुढाथोकीको प्रहार रुपन्देहीका पिटर सेगुनले क्लियस गर्न लाग्दा आˆनै पोष्टमा गोल हुन पुगेको थियो ।

त्यसयता मोरङले थप दुई गोल गर्न सफल भयो । ४८ औं मिनेटमा दिपक राई मोरङलाई दुई शून्य गोलको अग्रता दिलाए । मोरङका लागि तेस्रो गोल रुपेश केसीले गरे । रुपन्देहीको तर्फबाट शिव श्रेष्ठले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए ।

खेलमा मोरङका विजय धिमाल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भोलि जर्ज टेलिग्राफ कलकत्ता र झापा ११ बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment