Comments Add Comment

यी हुन् पुनर्निर्माण प्राधिकरणका ६ उपक्षेत्रीय कार्यालय रहने स्थान

१३ फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्लालाई हेर्ने गरी विभिन्न ६ जिल्लामा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने जनाएको छ ।

Puna nirman

भूकम्पबाट अति प्रभावित १४ जिल्लाबाहेक अन्य १७ जिल्लामा पनि थप आवश्यक देखिएमा कार्यालय स्थापना गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन् ।

सीइओ ज्ञवालीले बिहीबार व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिमा उपक्षेत्रीय कार्यालय खोल्ने ठाउँका बारेमा जानकारी दिएका हुन् ।

कहाँ-कहाँ खुल्दैछन् कार्यालय ?

ज्ञवालीका अनुसार काठमाडौं र भक्तपुरका हेर्नेगरी काठमाडौंमा उपक्षेत्रीय कार्यालय स्थापना गरिने छ । प्राधिकरणको मुख्य कार्यालय पनि काठमाडौंको सिंहदरबारमा छ ।

त्यस्तै, ललितपुर उपक्षेत्रीय कार्याल यले ललितपुर र मकवानपुर हेर्ने छ भने गोर्खा उपक्षेत्रीय कार्यालयले गोर्खा र धादिङलाई हेर्नेछ ।

नुवाकोटमा स्थापना गरिने उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवाको पुनर्निर्माणलाई हेर्नेछ । काभ्रेको धुलिखेलमा स्थापना गरिने कार्यालयको कार्यक्षेत्र काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली रहनेछ ।

त्यसैगरी, दोलखामा रहने उपक्षेत्रीय कर्यालयले दोलखा, रामेछाप र ओखलढुुङ्गा हेर्नेछ ।

गाविस हेर्न स्रोत केन्द्र बनाइने

पुनर्निर्माणका लागि स्थानीयस्तरमा सहजकर्ताको भूमिका निर्वाह गर्न ३ देखि ६ वटा गाविससम्म हेर्ने गरी एउटा स्रोत केन्द्र बनाउने प्राधिकरणको उद्देश्य रहेको ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार पुनर्निर्माण योजनाबारे सबै मन्त्रालयका योजना महाशाखा प्रमुखहरुसँग प्रारम्भिक छलफल भइरहेको छ । प्राधिकरणले गत माघ २ बाट राष्ट्रिय पुनर्निर्माण महाअभियानको थालनी गरेको थियो ।

ज्ञवालीका अनुसार भूकम्पबाट ४ लाख ९८ हजार ८ सय ५२ निजी घर पूर्णरुपमा क्षति भएको र हालसम्म १ लाख ४४ हजार घरको तथ्यांक प्रमाणित भइसकेको छ ।

त्यसैगरी पुनर्निर्माणमा एनजीओको संलग्नता सम्बन्धमा कार्यविधि तर्जुमा भइरहेको पनि ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment