+
+

हलमा ‘खुर्पा’ बोकेर आए सविन

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १४ गते ११:११

sabin-shrestha
एक्सन नायक सबिन श्रेष्ठ हातमा खुर्पा लिएर हल हलमा आए भने आश्चर्य नमान्नु होला । हो, शुक्रवारदेखि केही सिनेमा हलमा सबिन हातमा खुर्पा लिएर आएका छन् ।

किशोर सुब्बाको निर्देशन रहेको चलचित्र ‘खुर्पा’ आजबाट देशभरका केही हलमा लागेको छ । अर्को चलचित्र ‘च्याम्पिएन’ विविध कारणले गर्दा सरेपछि यसलाई केही फाइदा भएको छ । यो चलचित्र नारी प्रधान रहेको निर्देशक सुब्बाको भनाई छ । यसअघि ‘खुकुरी’ नाम राखेर चलचित्र बनाएका सुब्बाले गाउँले महिलाले औजारको रुपमा प्रयोग गर्ने खुर्पालाई नै चलचित्रको शिर्षक बनाएको बताए ।

सबिन र रोशन श्रेष्ठको द्धन्दलाई विषेश महत्व दिएको  यस फिल्ममा सुष्मा अधिकारी, युवराज लामा, लक्ष्मी गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?