+
+

मौकाको फाइदा उठाउँदै देउवा

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १६ गते ७:०७

Sher Bahadur Deuba

१६ फागुन, काठमाडौं । संस्थापन पक्षबाट नेतृत्वका लागि साझा उम्मेदवार चयन गर्न महाभारत भइरहेका बेला अर्को पक्षका निर्विकल्प उम्मेदवार शेरबहादुर देउवा अझै शक्तिशाली बन्न लागिपरेका छन् ।

संस्थापन पक्षका असन्तुष्ट नेताहरुलाई समेट्न देउवापक्षका नेताहरु लचकता देखाउन लागेका छन् । अाजको समाचारपत्र दैनिकमा समाचार छ ।

कांग्रेसभित्र ६०/४० को भागबण्डाको राजनीति भइरहे पनि संस्थापन पक्षभित्र असन्तुष्टि बढी भएपछि यसको फाइदा देउवा पक्षले उठाउन लागेको हो ।  महाधिवेशन सुरु हुने मिति नजिकिसके पनि संस्थापन पक्षले नेतृत्वका लागि अझै साझा उम्मेदवार तय गर्न सकेको छैन ।

संस्थापन पक्षका असन्तुष्ट रहेका अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मालगायतका नेताहरु देउवा खेमामा गई ‘क्याम्पेनिङ’ शुरु गरिसेका छन् ।

देउवा पक्षले संस्थापन पक्षका भनिएका गोविन्दराज जोशी, सुर्यमान गुरुङ, विनयध्वज चन्द श्याम घिमिरेका साथै कुलबहादुरु गुरुङलाई समेत आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?