Comments Add Comment

आयल निगमका कर्मचारीलाई बोनस नबाँड्न आपूर्तिमन्त्रीको निर्देशन

Ganeshman-Pun

१७ फागुन, काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुनले नेपाल आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएका छन् । मन्त्री पुनले सोमबार बिहान निगमका निमित्त महानिर्देशक सुशील भट्टराई फोन गरेर बोनस नबाँड्न निर्देशन दिएका हुन् ।

‘मन्त्रीज्यूले आयल निगमका कर्मचारीलाई आज बिहान फोन गरेर बोन नबाँड्न कडा निर्देशन दिनुभएको छ,’ पुनका स्वकीय सचिव मरिचमान श्रेष्ठले अनलाइनखबरसँग भने- ‘बोनस नबाँड्न निर्देशन आयल निगमलाई मन्त्रीज्यूको यो दोस्रो निर्देशन हो ।’

श्रेष्ठका अनुसार ऋणमा रहेको निगमले ९० करोड रुपैयाँको हाराहारीमा कर्मचारीलाई बोनस बाँड्ने तयारी गरेको सूचना पाएपछि मन्त्री पुनले कुनै पनि हालतमा बोनस नबाँड्न निर्देशन दिएका हुन् ।

निगमले सरकारको १२ अर्ब रुपैयाँ ऋण तिर्ने बाँकी छ । तर, गत वर्ष निगमले ‘वर्किङ प्रोफिट’ कमाएको लेखापरीक्षण प्रतिवेदन तयार पारेको थियो । त्यही प्रतिवेदनका आधारमा नाफाबाट कर्मचारीलाई बोनस खुवाउने तयारी गरिरहेको छ ।

गत बिहीबार मात्रै अर्थमन्त्री विष्णु पौडेलले निगमलाई बोनस नबाँड्न निर्देशन दिएका थिए ।
यसअघि पनि घाटामा रहेका बेला सार्वजनिक संस्थानहरुले बोनस खुवाउन नपाइने गरी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निगमको नेतृत्वले वर्किङ प्रोफिट देखाउँदै बोनस बाँड्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment