+
+

रौतहट प्रहरीद्वारा अफिम खेती नष्ट

१७ फागुन, रौतहट । रौतहटका विभिन्न स्थानमा खेति गरिएको अफिम प्रहरीले नष्ट गरेको छ । जिल्लाको पथरा बुधराम गाविसका विभिन्न १३ स्थानमा खेति गरिएको अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १७ गते १२:२९

Afim-Kheti-Nast

गौतम श्रेष्ठ

१७ फागुन, रौतहट । रौतहटका विभिन्न स्थानमा खेति गरिएको अफिम प्रहरीले नष्ट गरेको छ । जिल्लाको पथरा बुधराम गाविसका विभिन्न १३ स्थानमा खेति गरिएको अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

अलग-अलग स्थानको ३ विघा क्षेत्रफलमा खेति गरिएका अफिमका बिरुवा नष्ट गरेको प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले बताए ।

विगत वर्षहरुमा पनि प्रहरीले खेत मै गएर अफिम नष्ट गरेको हुँदा यस वर्ष रौतहटमा अफिमको खेति केही कम भएको छ । जिल्लाका अन्य स्थानहरुमा पनि प्रहरीले लागुऔषध अफिमका बिरुवाहरुको विषयमा खोजी गरिरहेको र अफिम खेति भएको पाइएमा त्यसलाई नष्ट गर्ने प्रहरी नायव उपरिक्षक पोखरेलले बताए ।

जिल्लाका ग्रामिण भेगहरुमा किसानहरुले लुकिछिपी अफिम खेति गर्दै आएका छन् । मंसिर अन्तिम तिर रोपिएको अफिमको बिरुवा माघ-फागुनसम्म दाना लागेर तयार हुन्छ । दानालाई बिरुवामा भएकै अवस्थामा ब्लेडले चिरेर तरल पदार्थ चोप निकालेपछि प्रशोधन गरी लागुऔषध अफिम तयार हुने गर्दछ । बजार मूल्य अत्यधिक भएकाले पनि यो खेतितिर ग्रामिण भेगका केही किसान बढी आकर्षित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?