+
+

बुढासुब्बाका कारण कन्दङ्वा गोल्डकप स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १९ गते ११:२४

football१९ फागुन, बिराटचोक (मोरङ) । धरानमा भइरहेको बुढा सुब्बा गोल्डकपका कारण  मोरङको बिराटचोकमा भइरहेको पीएलओ चौथो केबीआरयु कन्दङवा गोल्डकपको फाइनल खेल शुक्रबार सम्मका लागि स्थगित भएको छ ।

कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिताकअन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको सगरमाथा युथ क्लब कोसी हरैंचा क्लबका अध्यक्ष जर्नादन बास्तोलाले जानकारी दिए ।

बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही- ११ बीच हुने तयारी थियो । खेल स्थगनको कारण बताउँदै बास्तोलाले भने, ‘आज हुने फाइनल खेल दुई दिनपछि शुक्रबार गर्ने भएका छौं, यहाँ फाइनल खेल्ने दुबै टीम धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमी फाइनल खेल्ने भएकाले दुई दिन सार्नुपरेको हो ।’

प्रतियोगिता अन्तर्गत मंगलबारको खेल पीएलओ लुब्रिरकेन्ट र उद्योग वाणिज्य संघ कोसी हरैंचाबीच भएको थियो । सो खेलमा पीएलओले ६-१ को गोल अन्तरले उद्योग वाणिज्यलाई पराजित गरेको छ । जीतसँगै पीएलओले नगद २१ हजार र ट्रफी जितेको छ ।

-पुष्प थपलियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?