+
+

चलचित्र ‘परदेशी’ पोर्चुगलमा रिलिज गरिने

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १९ गते ११:३०

लिस्वन । नेपाली सामाजिक चलचित्र ‘परदेशी’ पोर्चुगलमा प्रदर्शन गरिने भएको छ । दर्शकलाई लोक सर्जक एवं परदेशीका निर्देशक नारायण रायमाझीले विशेष साँस्कृतिक प्रस्तुति पनि प्रस्तुत गर्नेछन् ।

Paradeshiरायमाझीले सान्नानीले झुक्क्यायो मलाई तातोपानी तीनपाने भनेर, नमुछे आमा दहीमा टीका नछरे जमरा, लाइछौ बेशन चिन्न नि नसक्ने आइछ फेशन, हाँसेर बोलिदेऊ माया यसैगरी भेट कहिले हुन्छ र लगायतका गीतहरुले मनोरन्जन दिने छन् । चलचित्रका निर्माता राजेश बंशल पनि कार्यक्रममा आउनेछन् ।

मार्च १३ तारिख आइतबारका दिन ठीक ३ः०० बजेबाट चलचित्र प्रदर्शन हुनेछ । कार्यक्रम CNAI को नजिकै रुवा पाल्मिरा ४६ ‘सी’ मा हुने बताइएको छ ।

नेपालमा १२० दिनको सफलतापछि परदेशी अब युरोपका शहरहरुमा प्रदर्शन हुदैछ । पोर्तुगलमा प्रदर्शन गरेपछि बेल्जियम, स्पेन र स्वीटजरल्याण्डमा पनि फ्लिम प्रदर्शन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?