+
+

अनौठो पुलिस फोर्स, जहाँ सुन्दरीहरु मात्र भर्ति हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २१ गते २३:१०

glamorous-woman-police2मेक्सिकोको एकापुल्को सहरमा एउटा यस्तो प्रहरी बल रहेको छ जसमा केवल सुन्दरी तथा जवान महिलाहरुलाई मात्र भर्ती लिइन्छ । यो पुलिस फोर्समा केवल १८ देखि २८ वर्षका युवतीहरुले मात्र काम गर्न पाउँछन् । यो पुलिस टुकडीको काम ट्राफिक व्यवस्थापन गर्नु, समुद्री तटमा गस्ती गर्नु तथा अपराधी पक्रिनु हो ।

केवल युवतीलाई मात्र भर्ति लिने यो पुलिस फोर्सको रोचक पक्ष के भने यसका प्रमुख कमाण्डर भने पुरुष छन् । पुलिस फोर्सका प्रमुख म्यानुएल फ्लोर्स हुन् । फोर्समा युवतीहरु मात्र भर्ति गर्नुका फाइदा बखान गर्दै उनी भन्छन् : यो सहरका जो जति अपराधी स्वभावका मानिसहरु छन् उनीहरुले समेत सुन्दरी महिला पुलिसको अगाडि नम्र व्यवहार गर्दछन् । मलाई आफ्नो पुलिस फोर्समाथि गर्व छ ।

glamorous-woman-policeअर्को रोचक कुरा के भने यी महिला प्रहरीलाई पर्यटकहरुसँग जिस्किन छुट दिइएको  छ । एकापुल्को सहरको ८० प्रतिशत अर्थव्यवस्था अमेरिकी पर्यटकले धानेको छ । पुलिस फोर्समा ससक्त महिलाहरुलाई देखेर पर्यटकहरुमा समेत आत्मविश्वास बढ्दछ ।

युवती भर्तिसँगै सहरमा पर्यटकमाथि हुने अपराधमा पनि कमी आएको छ । तर यो पुलिस फोर्समाथि पनि लैंगिक भएको आरोप लाग्ने गरेको छ । तर यस्तो आरोपले आफुहरुलाई कुनै फरक नपर्ने महिला प्रहरीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?