Comments Add Comment

सानेपामा नारा लाग्यो- जित कसको कांग्रेसको (भिडियोसहित)

NC-convention२५ फागुन, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री र कोषाध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ र मत परिणाम सुन्न भेला भएका कार्यकर्ताहरुले ‘जित कसको कांग्रेसको’ भन्दै नाराबाजी गरेका छन् ।

शेरबहादुर देउवा सभापति पदमा र रामचन्द्र पौडेल पक्षका शशांक कोइराला महामन्त्री पदमा विजयी भइसकेका छन् ।

पदाधिकारीमा मिश्रित मत परिणाम आएपछि कांग्रेस कार्यकर्ताहरु उत्साहित छन् । कुनै एक प्यानलको मात्र जित हुनुभन्दा संयुक्त परिणाम आएकामा उनीहरुले खुसी मनाएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा भेला भएका कांग्रेस कार्यकर्ताहरुले जित कसको कांग्रेसको भन्दै नारा लगाएका छन् ।

भिडियो

Congress-Convention-2072

NC-Convention-2072-1

NC-convention (1) NC-convention (2) NC-convention (3) NC-convention (4) NC-convention

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment