Comments Add Comment

देउवालाई पौडेलको बधाई, निष्ठाको राजनीतिबाट विचलित नहुन सुझाव

ser bahadur Deuba and Ram chandra poudel

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित भएकामा शेरबहादुर देउवालाई बधाई दिएका छन् । साथै उनले आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।

पौडेल सभापतिको चुनावमा देउवासँग पराजित भएका हुन् । पौडेलले विज्ञप्ती जारी गर्दै महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको बताएका छन् । उनले भनेका छन्, ‘महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

उनले नवनिर्वाचित सभापति देउवालाई पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नहुन र पार्टी, देश र जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् ।

पौडेलले आफूलाई मत दिनेहरुलाई धन्यवाद दिएका छन् । निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आहृवान गर्दै म सदैव तपाईहरुको साथमा रहनेछु’ पौडेलले जारी गरेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment