Comments Add Comment

युरोकप छनोटमा जर्मनीको विजयी सुरुवात

११ चैत्र, काठमाडौं । युरोकप फुटबल २०२० को छनोट खेलमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

समूह सी मा रहेको जर्मनीले नेदरल्यान्ड्समाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित हात पारेको हो । जर्मनीको जितमा लिरो साने, सर्ज ग्नाब्री र निको स्कुल्जले गोल गरे । यता, नेदरल्यान्ड्सका लागि म्याथिज्स डिलिग्ट र मेम्फिस डेपेले गोल गो गरे ।

खेलको १५ औं मिनेटमा नै सानेले गोल गर्दै जर्मनीका लागि अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा सर्ज गनाब्रीले गोल गरेपछि जर्मनी २–० गोलले अघि थियो । तर खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले राम्रो प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो ।

खेलको ४८ औं मिनेटमा म्याथिज्सले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ गोलको स्थितिमा ल्याए । ६३ औं मिनेटमा मेम्फिसले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर खेलको अन्तिम समयमा निकोले गोल गर्दै जर्मनीलाई स्पष्ट जित दिलाएका हुन् । उनले ९० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ३–२ गोलको जित दिलाए ।

समूह सीकै अर्को खेलमा उत्तरी आयरल्यान्डले बेलारुसलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment