+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

लगानी सम्मेलनका लागि ७१ परियोजना तयार

सरकारको प्राथमिकता यातायात र पर्यटन, निजी क्षेत्रको उर्जा

रोयल आचार्य रोयल आचार्य
२०७५ चैत १० गते १९:१८

१० चैत, काठमाडौं । चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनका लागि ८ वटा प्रस्ताव थप गरिएको छ । यसअघि ६३ आयोजना तयार पारिएकोमा पछि ८ परियोजना थप गरिएको हो ।

लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाईंले ७१ वटै परियोजनाहरुको विस्तृत अध्ययन गरेर प्रस्ताव तयार गरिएको जानकारी दिए । सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ प्रस्ताव पेश हुनेछ । यसअघि सरकारका ४६ र निजी क्षेत्रका १७ आयोजनाको प्रस्ताव तयार गरिएको थियो ।

परियोजना वृद्धि भएसँगै लागत अनुमानसमेत बढेको छ । प्रस्तावित ७१ आयोजनाको लागत ३५ खर्ब हाराहारी पुगेको छ ।

निजी क्षेत्रको प्राथमिकतामा उर्जा

निजी क्षेत्रले लगानी प्रस्ताव गर्ने १८ मध्ये ११ वटा आयोजना उर्जाका छन् । ४ वटा पर्यटन पूर्वाधार र ३ वटा उद्योगका परियोजनामा निजी क्षेत्रले लगानी प्रस्ताव गर्ने गुरागाईंले बताए ।

यी हुन् निजी क्षेत्रका परियोजना

१. त्रिशुली गल्छी जलविद्युत परियोजना
२. मध्य कालिगण्डकी जलविद्युत परियोजना
३. ईन्गवा खोला जलविद्युत परियोजना
४. माथिल्लो चमेलिया जलविद्युत परियोजना
५. म्याग्दी खोला जलविद्युत परियोजना
६. गरुड सिमेन्ट
७. आईएमई सिमेन्ट
८. जालपादेवी केवल कार तथा पर्यटन परियोजना
९. अन्नपुर्ण सिक्लेस केवल कार तथा पर्यटन परियोजना
१०. स्वर्गद्वारी केवल कार तथा पर्यटन परियोजना
११. रिशोर्स हिमालय बुटिक रिसोर्ट
१२. तल्लो बरुणखोला जलविद्युत परियोजना
१३. कालिगण्डकी गोर्ज जलविद्युत परियोजना
१४. माथिल्लो बलेफी जलविद्युत परियोजना
१५. माथिल्लो बलेफी ए जलविद्युत परियोजना
१६. नाम्लान खोला जलविद्युत परियोजना
१७. तारप खोला जलविद्युत परियोजना
१८. विशाल सिमेन्ट

सरकारको प्राथमिकता यातायात र पर्यटन

सरकारले प्रस्ताव गर्ने ५३ परियोजनामध्ये यातायात पूर्वाधारका ११ र पर्यटन पूर्वाधारका १० वटा छन् । उर्जा र कृषि क्षेत्रमा ८÷८ वटा र शहरी पूर्वाधारसँग सम्बन्धित ७ वटा परियोजनामा सरकारले लगानी प्रस्ताव गर्नेछ ।

औद्योगिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य र हवाई पूर्वाधारसँग सम्बन्धित ३÷३ वटा परियोजना प्रस्ताव गर्ने लगानी बोर्डले जानकारी दिएको छ ।

यी हुन् सरकारका परियोजना

१. काठमाडौं रिङरोड बस रापिड ट्रान्जिट परियोजना
२. फोहरमैला व्यवस्थापन परियोजना– बुटवल क्षेत्र
३. एकीकृत कृषि पूर्वाधार परियोजना– पर्सागढी
४. तमोर जलाशय परियोजना
५.जानकी क्षेत्र विशेष परियोजना
६. फोहरमैला व्यवस्थापन परियोजना– जनकपुर क्षेत्र
७. दोलखा फिल्म सिटी परियोजना
८. गण्डकी प्राविधिक विश्वविद्यालय परियोजना
९. एकीकृत कृषि पूर्वाधार परियोजना – बनेपा र चितवन
१०. तालतलैया पर्यटन परियोजना
११. फोहरमैला व्यवस्थापन परियोजना – रत्ननगर क्षेत्र
१२. फोहरमैला व्यवस्थापन परियोजना– धुलिखेल क्षेत्र
१३. फोहरमैला व्यवस्थापन परियोजना – जितपुर सिमरा क्षेत्र
१४. रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट परियोजना
१५. सुदुरपश्चिम परिवहन परियोजना
१६. हेटौडा स्मार्ट सिटी परियोजना
१७. एकीकृत कृषि पूर्वाधार परियोजना ( वीरेन्द्रनगर
१८. लुम्बिनी इन्टरनेशनल म्याट्रनिटी केन्द्र परियोजना
१९. धुलिखेल मेडिसिटी परियोजना
२०. सुनकोशी जलबिध्युत परियोजना
२१. सुनकोशी तेस्रो जलविद्युत परियोजना
२२. नलगाड जलाविद्ययुत परियोजना
२३. एसआर सिक्स जलविद्युत परियोजना
२४. एकीकृत कृषि पूर्वाधार परियोजना – हेम्जा
२५. सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र ब्लक सी परियोजना
२६. मोतीपुर औद्योगिक क्षेत्र परियोजना
२७. नौबस्ता औद्योगिक क्षेत्र परियोजना
२८. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भक्तपुर परियोजना
२९. धुलिखेल ड्रिमल्यान्ड परियोजना
३०. पश्चिम सेती जलविद्युत परियोजना
३१. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना
३२. पूर्व पश्चिम विद्युतीय रेल परियोजना
३३. काठमाडौं पोखरा लुम्बिनी विद्युतीय रेल परियोजना
३४. काठमाडौं मेट्रो परियोजना
३५. एकीकृत कृषि पूर्वाधार परियोजना – तिलोत्तमा, मणिग्राम
३६. एकीकृत कृषि पूर्वाधार परियोजना – उर्लाबारी
३७. एकीकृत कृषि पूर्वाधार परियोजना – गोदावरी, अत्तरिया
३८. रासायनिक मल कारखाना परियोजना
३९. पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत परियोजना
४०. दमौली बहुउद्देश्यीय पर्यटन परियोजना
४१. रोल्वालिङ साहसिक खेल शिक्षालय
४२. शे फोक्सुण्डो लक्जरी रिसोर्ट
४३. शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर
४४. स्की रिसोर्ट – मनाङ
४५. धनगढी क्षेत्रय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना
४६. विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना
४७. सामाखुसी–टोखा– छहरे सडक आयोजना
४८. काठमाडौं बाहिरी चक्रपथ विकास योजना
४९. द्रुत सर्वसाधारण यातायता (रामग्राम–तिलौराकोट)
५०. तल्लो अरुण हाइड्रोपावर

५१. दी खप्तड टुरिजम

५२. दोलखा माउण्टेन एकाडेमी

५३. काठमाडौं–पोखरा–लुम्बीनी रेल

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?