News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा सहज बनाउन नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
- कम्पनीले उक्त कार्यालयलाई होटल, रिसोर्ट, रेस्टुरेन्ट र अन्य व्यावसायिक प्रतिष्ठानसँगको व्यावसायिक सहकार्य विस्तारमा केन्द्रित गर्ने जनाएको छ।
- वर्ल्डलिंकले स्थानीय व्यवसायको इन्टरनेट र कनेक्टिभिटी आवश्यकता बुझेर उपयुक्त समाधानबारे जानकारी र ग्राहकसँग प्रत्यक्ष समन्वय गर्ने लक्ष्य राखेको छ।
१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिइने वर्ल्डलिंकले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ।
पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्याउने छ।
‘नगरकोटमा सञ्चालनमा आएको यस सम्पर्क कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थाहरूलाई लक्षित गर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘यसमार्फत स्थानीय व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकहरूसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ।’
यस कार्यालयमार्फत कम्पनीले स्थानीय व्यवसायहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीहरूसँग समन्वय गर्ने जनाएको छ ।
प्रतिक्रिया 4