+
+

अंक र अक्षर बिगारी पैसा निकाल्नेलाई आठ वर्ष कैद

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २७ गते ११:३६

२७ फागुन, काठमाडौं । विशेष अदालतले चेकमा लेखिएको अंक र अक्षर बिगारी बैंकबाट बढी रकम झिक्ने आन्तरिक राजस्व विभागका तत्कालीन लेखा अधिकृत पीताम्बरप्रसाद पोखरेललाई आठ वर्ष कैदको फैसला गरेको छ ।

special-courtअदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यद्वय प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले पोखरेलबाट तीन करोड १२ लाख ८५ हजार ९८९ बिगो उठाउने सहितको फैसला गरेको हो । दोषी पोखरेलले बिगो र जरिवाना गरी छ करोड २५ लाख ७१ हजार ९१८ बुझाउनुपर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ साल चैतमा अदालतमा मुद्दा दायर गरी पटक पटक गरी पोखरेलले रु तीन करोड १२ लाख ८५ हजार ९८९ निकाली राज्यलाई नोक्सानी पुर्याएको आरोप लगाएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?