+
+

फोनमा कुरा गर्दा मानिसहरु किन चिच्याउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ३ गते ९:३८

phone 2केही मानिसको बानी हुन्छ, फोनमा कसैसँग कुरा गर्दा चर्को स्वरमा बोल्ने ।

फोनमा अर्कोपटि्ट बोल्ने मानिसमा कान कम सुन्ने समस्या भएर पनि होइन, फोनमा झगडा वा बाझाबाझ भैरहेको पनि हुँदैन र राम्रै कुराकानी चलिरहेको हुन्छ अनि फोनको स्पिकरले खासै काम नगरेर राम्रोसँग नसुनिएका कारण पनि चर्को बोल्नुपर्ने बाध्यता भएर पनि होइन । कोही मानिसहरु साँच्चीकै फोनमा कुराकानी गर्दा आवश्यकता भन्दा बढि नै चिच्याउँछन् र वरपरका मानिसलाई पनि दिक्क तथा सतर्क पार्दछन् ।

आखिर कोही मानिस फोनमा कुरा गर्दा किन यतिसारो चिच्याउँछन् र बोल्ने तरिका नै बिर्सिन्छन् त ?

बीबीसीसँगको कुराकानीमा डाक्टर एडम रदरफोर्ड र डाक्टर हना फ्रायले यसबारेमा केही खुलासा गरेका छन् । ती विज्ञद्वयका अनुसार फोनमा कुराकानी गर्दा मानिसहरु चिच्याउन थाल्नुका पछाडि फोन सेटकै दोष मुख्यरुपमा हुने गरेको छ ।

पहिले पहिले जब ल्याण्डलाइन फोनसेट मात्र थिए उतिबेला मानिसहरुले फोनमा आफु बोल्दा आफ्नो आवाज सुन्न सक्दथे । साइडटोनका माध्यमबाट फोनसेटले बोल्ने मानिसलाई आफ्नै आवाज सुनाउँथ्यो ।

यसको एउटा फाइदा के थियो भने फोनमा बोलिरहेको मानिसलाई प्रष्ट रुपमा थाहा हुन्थ्यो की  फोनमा कुराकानी गरिरहेको मानिससम्म उसको कत्तिको आवाज पुगिरहेको छ ? आफ्नो आवाज सुन्न पाएपछि ऊ आवाज दोश्रो मानिसले पर्याप्त रुपमा सुनिरहेको कुरामा ढुक्क हुन्थ्यो र त्यो भन्दा चर्को बोल्नु आवश्यक हुन्थेन ।

तर अहिले ल्याण्डलाइन फोनको संख्या घटिरहेको छ । अहिले मोबाइल फोनको जमाना छ । मोबाइल फोनमा साइड टोनको सुविधा हटाइएको छ । अब सवाल उठ्छ, के मोबाइल फोनमा साइड टोन सुविधा हटाएकै कारण मानिसहरु फोनमा कुरा गर्दा चिच्याउन थालेका हुन् त ?

यसको एउटा कारण यो नै हो । वास्तवमा मोबाइल कानमा टाँसेर कुरा गरिरहँदा मानिसलाई आफु कत्तिको जोडसँग बोलिरहेको छु अर्थात् फोनमा कुरा गरिरहेको मानिस सामु आफ्नो कत्तिको आवाज पुगिरहेको छ भन्ने कुारको जानकारी हुँदैन । जसका कारण व्यक्ति स्वभावैले बढि चर्को स्वरमा बोल्न पुग्दछ ।

यद्यपि कतिपय फोन विज्ञहहरु भने यो कुरा मान्न तयार छैनन् । फोन स्पेशलिष्ट निक जकारोवका अनुसार मोबाइल फोनमा साइड टोनको अन्तराष्ट्रिय मापदण्ड तय हुन्छ । आजकल सबै मोबाइल सोही मापदण्डमा बनेका हुन्छन् । तर खास कुरा के भने त्यस्तो निश्चित साइड टोनको स्तरले वातावरणको होहल्लालाई धान्न गाह्रो हुन्छ ।

यद्यपि समस्या यो छ की मोबाइल फोन भनेकै चलायमान दूरभाषण सेवा प्रदायक साधन हो । अर्थात् मोबाइल फोनमा कुरा गर्दा मानिस एक ठाउँमा बसिरहेर मात्रै गर्ने कुरा भएन । यताउता हिँडडुल गर्दा पनि मानिसले मोबाइल फोनमा कुरा गरिरहेकै हुन्छन् ।

कतिपय अवस्थामा वातावरणमा यति धेरै हो हल्ला हुन्छ की मोबाइल फोनमा कुराकानी गरिरहँदा मात्र होइन सामुन्ने उभिइरहेको मानिसलाई आफ्नो कुरा सुनाउन समेत जोडसँगै चिच्याउनु पर्ने हुन्छ ।

वास्तवमा मानिसको यो स्वभाविक व्यवहार हो की उसले आसपासको आवाज तथा होहल्लाको आधारमा आफ्नो आवाजलाई बढाउँदै जान्छ । यसलाई लम्बार्ड इफेक्ट भनिन्छ । ठूलो ठूलो आवाजमा बोल्दै जाँता कतिबेला आफु चिच्याइरहेको हुन्छु भन्ने कुरा नै उसर्ला थाहा हुँदैन ।

त्यसकारण पनि हामी प्रायः मानिसहरुलाई बाटोमा मोबाइलमा कुरा गरेर हिँडिरहेको बेला चिच्याएरै कुरा गरिरहेको देखेका हुन्छौँ । यद्यपि फोन प्रयोगको शैलीले मानिसको असल चालचलनमाथि चुनौति खडा गरेको यो पहिलो पटक भने होइन ।

टेलिफोनको प्रयोग सुरु हुँदाताकाको अवस्थामामा केही यस्तै अनौठो प्रश्नहरु उठेका थिए । के नाँगै भएर फोनमा कुरा गर्न मिल्छ ? के महिला सँग फोनमा कुरा गर्दा उठ्नुपर्छ ?

वास्तवमा फोन तथा यस्तै अन्य प्रविधिहरुले शिष्टाचारका नयाँ नयाँ चुनौतिहरु खडा गर्ने गरेका छन् ।

(बीबीसीबाट अनूदित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?