+
+

सशस्त्र प्रहरीको इकाइमा सूचना अधिकृतको नाम र नम्बरसहितको साइनबोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ३ गते १४:२७

३ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्न सूचना दिन तोकिएका आफ्ना अधिकृतको नाम, सम्पर्क नम्बर र तस्बिरसहितको साइन बोर्ड बलका सम्पूर्ण स्थायी इकाइमा देखिने गरी टाँस्न सुरु गरेको छ ।

APF-logo-Finalसशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता, सहायक सूचना अधिकारी तथा सहायक प्रवक्तालगायत सम्बन्धित एपिएफ इकाइका सूचना अधिकारीको सम्पर्क नम्बरसहितको उक्त साइनबोर्ड यसै चैत महिनाको १५ गतेभित्र सम्पूर्ण कार्यालयमा राखिने बलले जनाएको छ ।

यसै क्रममा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा सर्वसाधारणले सजिलै प्रवेश पाउने सोधपुछ कक्षमा चार फिट चौडाइ तथा करिब साढे दुई फिट उचाइको साइनबोर्ड राखेको छ ।

साइनबोर्डमा सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारी शैलेन्द्र खनालको सम्पर्क नम्बरलगायत बलका सहायक प्रवक्ता तथा सहायक सूचना अधिकारीको सम्पर्क नम्बरसहितको विवरण उल्लेख छ ।

छिटोछरितो ढङ्गले आफ्ना सूचना प्रवाह गर्दै आएको सशस्त्र प्रहरी बलले आफ्नो सङ्गठनका बारेमा सर्वसाधारणले सहज ढङ्गले सूचना प्राप्त गर्न सकोस् भनी यो नयाँ व्यवस्था गरेको हो ।

सशस्त्र प्रहरी बलले महानगरीय सशस्त्र प्रहरी कार्यालयलगायत सशस्त्र प्रहरी बलको बाहिनी, प्रशिक्षण संस्था तथा गण, सीमा सुरक्षा कार्यालय, गुल्मलगायतका एपिएफ इकाइ सबै ठाउँमा सो कार्यालयमा आउने जोसुकैले पनि सजिलैसँग देख्न सक्नेगरी साइनबोर्ड राख्ने कार्य भइरहेको छ ।

सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने र नागरिकले बलका बारेमा अझै सहज ढङ्गले सूचना प्राप्त गर्नसक्ने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ । बलले यसअघि नै आफ्ना सम्पूर्ण स्थायी इकाइमा दोस्रो बरियताका अधिकृतलाई सूचना अधिकारी तोक्नुका साथै अन्य सम्पूर्ण साना इकाइमा कार्यालय प्रमुख स्वयम् नै सूचना अधिकारी रहने व्यवस्था गरिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?